मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
प्रवास

मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न

तेलअभिव इजरायल। मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन विविध कार्यक्रम सहित सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मतरुपमा दीया चापागाईंको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।


शुक्रबार साझ इजरायलको तेलअभिवमा सो अधिवेशन भएको थियो । मातृभूमिका लागि पर्वत सेवा समाज रोजगारीको सिलसिलामा इजरायलमा रहेका नेपालको पर्वत जिल्लाका पर्वेतली आबद्ध संस्था हो ।


नवगठीत नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुशुम कुमाल, उपाध्यक्षमा ज्योति शर्मा, महासचिवमा हिरा श्रेष्ठ र कोषाध्यक्षमा नारायण गौडेल रहेका छन् ।


यसैगरी कार्यसमिति सदस्यहरुमा शान्ता सुवेडी, रमा जोशी, राधा जोशी, मञ्जु गुरुङ, शुसील हमाल र सरस्वती लामिछाने चयन भएका छन् भने सल्लाहकारमा नरेन्द्र क्षेत्री, ओबी भूसाल र रामचन्द्र लामिछाने चयन भएका छन् ।
अधिवेशनले सल्लाहकार क्षेत्रीलाई संरक्षक अध्यक्ष तथा अन्तर्राष्ट्रिय समन्वय संयोजक र उपाध्यक्ष शर्मालाई अन्तर्राष्ट्रिय समन्वय सहसंयोजकको जिम्मेवारी समेत दिएको छ ।


इजरायलस्थित विभिन्न संघसंस्था, कलाकारहरुको उल्लेख्यिय उपस्थिती रहेको सो कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख हरिहरकान्त पौडेल प्रमुख अतिथि रहेका थिए भने बिशिष्ट अतिथिमा गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष छिरिङ शेर्पा र गैरआवासीय नेपाली संघ इजरायलका अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य दीपकप्रसाद ओली रहेका थिए ।


अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले मातृभूमिका लागि पर्वत सेवा समाजले आफ्नो जन्मभूमिका लागि धेरै राम्रा रचनात्मक कार्य गर्ने गरेको र आउँदा दिनमा अझै सक्रिय भएर काम गर्न सुझाव दिए ।
उनले भने– ‘कामको सिलसिलामा विश्वको जुनसुकै मुलुकमा रहेको भएपनि हरेक नेपाली नागरिकले आफ्नो गाउँठाउँको विकासनिर्माणका लागि सकेको र जानेको सहयोग गर्नुपर्ने दायित्व हुन्छ, त्यसका लागि मातृभूमिका लागि पर्वत सेवा समाज गतिलो उदाहरण रहेको छ ।’


नवनिर्वाचित अध्यक्ष चापागाईंले आफूले सबैसँग सरसल्लाह एबम् समन्वय गरेर काम गर्ने बताएकी छन् । उनले आफू मातहतको समितिलाई आवश्यक पर्ने सहयोग र सल्लाह दिई सहयोग गरिदिनहुन सबैलाई आग्रह समेत गरेकी छन् ।अनुमोदन न्युज बाट साभार 

२०७४ पौष २९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत