स्वास्थ्य/जीवनशैली

औषधी र डाक्टरसहित पूर्वगृहमन्त्री जाजरकोटको भाइरल प्रभावित क्षेत्रमा

जाजरकोट – यहाँको भाईरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १,२ र ३ मा औषधी, डाक्टर सहितको टिम पुगेको छ । 

पुर्वगृहमन्त्री तथा तथा प्रतिनिधी सभा सदस्य शक्तिवहादुर वस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टर सहितको टिम जाजरकोट पुगेको हो । 


जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १ ,२ र ३ मा औषधी वितरण र सदरमुकाममा अन्तरक्रिय सहित विशेष निर्देशन दिने कार्यक्रम रहेको छ । भाईरल प्रभावित क्षेत्रमा ८ क्विन्टल औषधी समेत ल्याईएको छ । 

जाजरकोटवाट काठमाण्डौँ ल्याएर राष्टिय प्रयोगशाला जाँच गरेको विरामीको नमुनामा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ ।  भाईरलवाट मृत्यू हुनेको संख्या १३ पुगिसकेको बताइएको छ । 

२०७४ पौष २९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत