बैँक / वित्त

स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस पारित

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले शत प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ । बैंकको ३१ औं साधारण सभाले ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव पनि पारित गरेको हो ।

बैंकका अध्यक्ष जितेन्दर अरोराले आफुहरु ग्राहकहरुलाई सहयोग गर्दै नेपालको आर्थिक विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् । बैंकले गत आवमा १ अर्ब ४२ करोड नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको निक्षेपमा १४.६२ प्रतिशतले वृद्धि भएर ६३ अर्ब पुगेको छ ।

बैंकमा स्ट्याण्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

२०७४ पौष २६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत