अटो

अब कतार एयरलाइन्सको क्युसिट अमेरिकामा पनी

काठमाडौं । कतार एयरलाइन्सलाई विभिन्न अवार्ड हात पार्नका लागि सहयोगी बनेको क्युसिटले अब अमेरिकामा पनि उडान थालेको छ । जनवरी ६ मा वासिङ्गटन डुल्स एयरपोर्टमा ल्यान्ड गरेको कतार एयरवेजले जानकारी दिएको छ ।

सर्वप्रथम यो बिमानलाई लन्डनको हेथ्रु बिमानस्थलमा ओारालेको थियो । त्यसपछि पेरीसको चाल्र्स दि गउले एयरपोर्टमा ल्यान्ड गराइएको थियो । साथै भर्खरै अमेरीकाको जोन एफ केनेडी अन्तर्राष्ट्रिय बिमानस्थलमा पनि ल्यान्ड गरिएको थियो ।

बिजनेश क्लासमा थुप्रै चर्चा कमाउन सफल भएको कतार एयरवेजको यो नयाँ प्रोडक्ट हो । कतार एयरवेज ग्रुपका चिफ एक्जुएटिभ अकब अल बकरले भने ‘ न्युयोर्कमा गरिएको स्वागतले हामी निकै खुसी छौं, आरामदायी यात्रा गर्न चाहनेहरुका लागि अब हाम्रा क्युसिट सुबिधा अब वासिङग्टनमा पनि उपलब्ध छ “

२०७४ पौष २६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत