समाचार

डा. गोविन्द केसी आफूले कुनै गल्ती नगरेको बताउँदै आफ्नो नागरिक अधिकार हनन भएको तर्क पेश गरे

सर्वोच्चमा बहस,माइतीघरमा नाराबाजी

काठमाडौं,पुस २६ – अदालतको अवहेलनामा सम्बन्धी डा. गोविन्द केसीविरुद्धको मुद्दामा बहस जारी छ । विहान ११ बजेबाट शुरु भएको इजलासमा डा. गोविन्द केसीले आफ्ना बयान राखेका छन् ।  इजलासमै प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको बताएका छन् । डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ ।

बयान राख्ने क्रममा केसीले आफूले कुनै गल्ती नगरेको बताउँदै आफ्नो नागरिक अधिकार हनन भएको तर्क पेश गरे । उनले बहसमा भने,‘अदालतको कदर गर्छु तर न्याय विक्री गर्न पाइदैन , यस्ता व्यक्ति विरुद्ध म जहिले पनि लड्छु बहसमा आफ्ना कुरा राख्दै डा.  केसीले भने ।

उनले भने, ‘गोपाल पराजुली माफिया र भ्रष्ट हुन् ।बहसका क्रममा डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका छन् । डा केसीले आफूले गल्ती गरेको भए पाँच वर्ष पनि जेल बस्न तयार रहेको बताए । ’सर्वोच्चमा बहस भइरहँदा नजिकै माइतीघर मण्डलामा भने डा. केसीलाई रिहा गर्न माग गर्दै नाराबाजी भइरहेको छ । नयाँ शक्ति पार्टीका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

२०७४ पौष २६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत