देश

चर्कियो विराटनगर जुट मिल्स भित्रको विवाद, तत्काल छानबिन गर्न माग

विराटनगर– विराटनगर जुट मिल्स रानीको स्वामित्वमा रहेको पूराना मेशिनलगायतका सामग्री बिक्री वितरणमा अविलम्ब रोक्नुपर्ने मिलका पूर्व कर्मचारी एवम् स्थानीय नागरिकले माग गरेका छन् । 

विराटनगर जुट मिल्स बचाउ अभियान समिति विराटनगर–१६ द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जुट मिल सञ्चालक समितिका अध्यक्षले अनियमित रुपले मिल्सको मेशिन र पार्टपुर्जा बेचबिखन गरेको, जग्गा प्लटिङ गरी बिक्री गर्न खोजेकाले अविलम्ब रोक्नुपर्ने बताएका छन् । 

अभियानका अध्यक्ष धर्मानन्द सञ्जेलले कानूनीरुपमा बेचिएको विराटनगर जुट मिल्सको शेयर अविलम्ब खारेज गरी नेपाल सरकारको साबिक ६८ प्रतिशत शेयर कायम गर्नुपर्ने, विराटनगर जुट मिल्सको चलअचल सम्पत्तिको संरक्षण र दीर्घकालीन रुपमा उद्योग सञ्चालन गर्नुपर्ने, हाल कार्यरत कामदार कर्मचारीको बाँकी रहेको रकम भुक्तानी हुनुपर्ने र विराटनगर जुट मिल्समा हाल भइरहेको अनियमितताका छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने चारबुँदे माग पूरा हुनुपर्ने बताए । 

पत्रकार सम्मेलनमा अभियानका उपाध्यक्ष प्रकाश साहले मिल्स नेपाल सरकारले सञ्चालन गर्नुपर्ने अन्यथा उक्त क्षेत्रमा जुट सङ्ग्रहालय र औद्योगिक क्षेत्र कायम गरी निर्यातमुखी उद्योग स्थापना गर्नुपर्ने बताए ।  अभियानका सचिव हिमाल शेर्पाले राखेको माग पूरा हुनु नभए शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रमको घोषणा गर्ने पत्रकारलाई जानकारी दिए  । 
 

२०७४ पौष २५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत