राजनीति

बालकोटमा ओली–प्रचण्डबीच २ घण्टा वार्ता, के भयो सहमति ?

काठमाडौं– एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वार्ता सकिएको छ । अध्यक्ष ओली निवास बालकोटमा २ घण्टा वार्ता चलेको थियो । 
वार्तामा नयाँ सरकार गठन, प्रदेश सरकार गठनका साथै मुलतः पार्टी एकताका विषयमा छलफल भएको थियो । 


बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै पनि हालतमा एकता प्रक्रियालाई टुंग्याएर जाने सहमति भएको सञ्चारकर्मीलाई जानकारी दिए । 
उनले भोलि दुबैपार्टीको बैठक बसेर मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने समझदारी भएको पनि बताए । 


 समितिको बैठकले एकता प्रक्रियालाई टुंगोमा पुर्याउन वैचारिक राजनीतिक र सांगठनिक  विषयमा अर्को टीम बनाएर जिम्मा दिइने पनि बताए ।

२०७४ पौष २३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत