बिचार/ब्लग

युवाहरु बिदेश पलायन कहिले सम्म ?

बिदेश जानु कतिको बाध्यता होत कतिको रहर हो तर समग्रता भन्ने हो भने बाध्यता नै प्रमुख हो ।


नेपाली युवाहरु लगभग ५० लाखको हाराहारीमा बिदेशमा छन् । केहि युवाहरु बिधार्थी भिसाको बहानामा बिदेशमा गएका भएपनि अधिकांश रोजगारीको शिलसिलामा बिदेशीन बाध्य भएका हुन् ।बिदेश जानु कतिको बाध्यता होत कतिको रहर हो तर समग्रता भन्ने हो भने बाध्यता नै प्रमुख हो ।
नेपालीहरुलाई पढ्ने तरीका सिकाईएको छ तर शिक्षत हुन र काम गरेर खान सिकाईएको छैन ।अरुको किताब पढेर अरुले नै सृजना गरेको काम  गर्न सिकाईएको छ । एकतिर कसरी आफुले ब्यबसाय गर्ने भन्ने शिक्षा छैन त अर्कातिर लगानी गरेर आफुले ब्यबसाय गर्ने बाताबरण छैन ।त्यसैले हामीलाई अहिले बैदेशीक रोजगार कति खुल्यो कुन देशमा कस्तो छ भन्ने कुरामा चासो हुन्छ र अधिकांश नेपालीहरुलाई जानकारी हुन्छ । देशमा लगानी बातावरण वा लगानी चेतना र ज्ञानको कमी र दैनीक धान्न सक्ने रोजगारी पनि नभएको स्थीती छ । जसको कारण बिदेश जान लालायित तथा बाध्य हुन्छन । त्यसै सिलसिलामा अहिले लाखौ नेपालीहरु बैदेशीक रोजगारीको शिलशिलामा संसारको कुना कुनामा भौतारीरहेका छन् ।कतिले मनग्य आम्दानी गर्न सफल छन त कतिको घरबाट बिहिन भएको छ त ,कतिको मृत्यु सम्म हुने गरेको छ । बैदेशीक रोजगारी एक देशको आम्दानीको स्रोत हो ,बेरोज़गारी उन्मूलन हो तर दिगो भने हैन ।
सरकार पनि स्वदेशमा रोजगारी सृजना गर्ने भन्दा बैदेशीक रोजगारको लागि सहुलीयतको घोषणा गरीरहेको छ ।अब कुवेत,ओमान र बहराईन जस्ता देशहरुमा जान पैसा नलाग्ने भनेर सरकार घोषणा गर्दै छ ।हाल नया गन्तब्यको रुपमा पुन ईजरायल खुलेको भर्खरै सार्वजनिक भएको छ ।बैदेशीक रोजगारीमा जानु आफुमा नराम्रो भने हैन र सरकारले सहुलीयतको घोषण गर्नु पनि नराम्रो भने पक्कै पनि हैन तर पनि हामी कहिले सम्म अर्काको भर पर्नु कहिले परनिर्भरताबाट मुक्ति पाउने भन्ने प्रश्न उब्झेको छ र यस बिषयमा संबन्धित निकाय लगभग मौन बसेको छ ।जबसम्म देशमा रोजगारीको सृजना हुदैन तबसम्म देशको आर्थीक उन्नती संभव छैन र देशको उन्नतीको लागि चाहिने जनसंक्ति रोक्नु सरकारको कर्तव्य पनि हुनु पर्छ  । भएका दक्ष जनसंक्ति बिदेश पलाएन हुनु पर्ने बाध्यताको सृजना गर्नु सरकारको र नेपालको राजनिती प्रमुख कारण हो । कति बिदेशबाट कमाएको पैशा नेपालमा लगानी गर्न चाहन्छन तर नेपालमा उर्जाको अभाव र अस्थिर राजनितीले गर्दा त्यो गर्न सम्भब हुन्न र बर्षौ सम्म बिदेशीन बाध्य छन् ।

यसरी नै बैदेशीक रोजगारका कारण बिभिन्न सामाजीक  समस्या दिनानुदिन बढ्दै गएको छ ।अहिले नेपालको अधिकांश गाँउ युवा बिहिन गाँउ बनेको छ कतिठाउमा मलामी जाने मान्छेको अभाव छ त कति गाँउमा कोहि बिरामी हुंदा औषधि उपचार गर्न सम्बन्धित ठाउंसम्म पुय्राउन सक्ने मान्छे नै छन ।कतिको त श्रीमती अर्कैसँग लागेर श्रीमानले पठाएको पैशामा मोज गरेर श्रीमान नेपाल  फर्कीदा बिचल्ली बनेका छन त कति श्रीमतीहरु पनि त्यसरी नै श्रीमानहरुले अर्कै ल्याएर श्रीमतीको बिचल्ली समेत हुने गरेको छ। जसको उदाहरणको रुपमा हरेक जिल्ला प्रशासन र जिल्ला अदालतहरुमा दर्ता गराएका मुद्धाहरु हेरे पुग्छ । त्यस्तै नेपालमा लिएको ऋण बर्षौ बिदेश बस्दा पनि तिर्न नसकेर घरबार बिहिन बन्नेहरु पनि धेरै छन् । यसरी बैदेशीक रोजगारले खुसी भन्दा धेरैलाई दुखि तुल्याएको छ तर पनि दैनीक करीब १५०० को हाराहारीमा जान बाध्य भईरहेका छन । 
युवाहरु बिदेशमा गएर काम गर्ने जती नेपालमा खट्ने हो भने पक्कै पनि आर्थीक परिवर्तन सम्भब छ ,देशमै आर्थीक परिवर्तन र समृद्धि भएपछि सामाजीक समस्या स्वत: समाधान निस्चित छ । तर जसको लागि सरकारले लगानी बातावरण सृजना गर्नु जरुरी हुन्छ, स्वयम् युवाहरुले पनि यस बिषयमा गम्भिर हुन जरुरी देखिन्छ ।तर युवाहरु बिदेश पलायन र बैदेशीक रोजगार रोक्नको लागि न त सरकारी तबरबाट कुनै पहल छ नत कुनै गैर-सरकारी निकाय अघाडी सरेको छ नत सम्बन्धित ब्यक्ति नै जागुरुक हुन सकेको छ ।

देश बिकास र परिवर्तनको लागि चाहिने अधिकांश युवाहरु बैदेशीक रोजगारीमा जान बाध्य छन् । यसले देश र परीवारलाई सामान्य आम्दानी त होला जीवीकोपार्जन त होला तर समग्र राष्ट्र बिकासको लागि आर्थीक र सामाजिक परिवर्तनको लागि यो अभिसाप सरह हो भन्दा अतियुक्ति नहोला । जब सम्म युवाहरुलाई बैदेशीक रोजगारी जानबाट रोकीन्न तब सम्म देशको कुनै रुपमा आर्थीक उन्नती संभव देखिदैन । जसको लागि सरकारी निकायले पक्कै सोच्नु पर्ने देखिन्छ ।
उर्जासील जनसंक्ति अर्थात युवाहरु भनेका देश परीवर्तनको लागि गहना हुन आर्थिक बिकास , सामाजिक परिवर्तन र देशको समृद्धिको लागि अनिबार्य दक्ष जनसंक्ति हुन साधन हुन् ।  उर्जासील जनसंक्ति अर्थात युवा बिदेश पलाएन कहिले सम्म ? दिर्घकालीन रुपमा के फाईदा र के समस्या छ सो अनिवार्य मुल्याङ्कन गरी रोक्न जरुरी छ ।

 यसरी युवाहरु अर्थात दक्ष जनसंक्तिलाई बैदेशीक रोजगार र पलायनबाट रोक्न सरकारी निकाय , बुद्धिजीवी, नागरीक समाज लगाएत सबैको ध्यान जान जरुरी छ । देशको उर्जासील शक्ति अर्थात युवाहरु पलाएनलाई रोकिएन भने देश बिकास र परिवर्तनमा झनै बर्षौ पछाडी पर्ने निस्चित छ । बैदेशीक रोजगारले केहि समय दिएको आम्दानीले खर्च गर्ने बानी मात्र सिउछ बचत गर्ने बानी सीकाउदैन र जती नै कमाई गरे पनि दिगो रुपमा यसले पारिवारिक समस्या समाधान गर्दैन र देशको आर्थीक क्षेत्र धान्न सक्दैन ।त्यसैले देशको उर्जासील जनसंक्ति बिदेश पलाएनबाट रोक्न सम्बंधित ब्यक्ति पनि सचेत हुन जरुरी छ नै त्यसका साथै सरकारी तबरबाट पनि बिशेष पहल गर्न जरुरी छ ।
जसको लागि युवाहरुलाई लगानी वातावरण बनाउन जरुरी छ गांउगाउमा कृषि लगानी वातावरण निर्माण गर्न कृषि तालीम दिन जरुरी छ ।बैदेशीक यात्राले गर्ने समस्या र जसको लागि दिर्घकालीन समाधानको उपायको जानकारी सम्बन्धित ब्यक्तिलाई जागुरुक गराउन सम्बन्धित निकायले पहल गर्न जरुरी हुन्छ  । यसरी कुनै पहल गरीएन भने दिर्घकालीन रुपमा देशले ठुलो क्षेती बेहोर्नु पर्ने निस्चित छ । 

 

टिकाराम गौतम 

हाल टोकीयोमा अध्ययनकर्ताओं बिधार्थी हुनन

२०७३ चैत्र २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत