ग्लोबल

जुल्फिकर अली भुट्टो जसलाई आफ्नै सेना प्रमुखले फाँसीमा चढाए

जुल्फिकर अली भुट्टोबारे एउटा किस्सा चर्चित छ ।

भुट्टो पाकिस्तानका विदेश मन्त्री बनेपछि पहिलो अमेरिका यात्रामा राष्ट्रपति जोन एफ केनेडीलाई भेट्न ह्वाइट हाउस गए ।

भुट्टो केनेडीलाई धेरै मान्थे भने केनेडी पनि भुुट्टोलाई धेरै  मन पराउँथे । भेटघाटपछि जब भुट्टो केनडीसँग बिदा माग्न थाले, केनेडीले मुस्कुराउँदै भने, ‘यदि तपाईं अमेरिकी नागरिक भएको भए म तपाईंलाई आफ्नो क्याबिनेटमा ल्याउँथे ।’

भुट्टोले तुरुन्तै जवाफ दिँदै भने– ‘मिस्टर प्रेसिडेन्ट, यदि म अमेरिकी भएको भए म तपाईंको मन्त्रीमण्डलमा होइन, तपार्इंको ठाउँमा हुन्थे ।’

भुट्टोको यही हाजिर जवाफलाई दुनियाँले मान्थे । लारकान, सिन्धमा जन्मेका जुल्फी भुट्टोको किशोरावस्था मुम्बईमा बितेको थियो । त्यहाँ  उनका बुबा शाहनवाज भुट्टो गभर्नरको काउन्सिलका सदस्य थिए । त्यो समयमा भुट्टोका सबैभन्दा नजिकका साथी थिए, एक समयका स्वतन्त्र पार्टीका नेता तथा सांसद पिलु मोदी ।

अहिले भुट्टोको जीवनी लेख्ने सैयदा सैयदेन हमिद भन्छिन्, ‘जब भुट्टो र पिलु १४–१५ वर्षका थिए । त्यो समयमा यी दुवै मुम्बईबाट मन्सुरी जान्थे । त्यहाँ  यिनीहरू सार्लेवेल होटलमा बस्थे । खाना खाँदा पनि केही खाना बचाउँथे ताकि भोक लागेका बेला त्यो समयमा खान सकियोस् । दुवै मुम्बईको प्रख्यात केगेडरल स्कूलमा पढ्थे ।’

पिलु मोदी पनि आफ्नो पुस्तक ‘जुल्फी माई फ्रेन्ड’मा लेख्छन्, ‘बिदाका दिनहरूमा हामी सधैँ बिहान साढे सात बजे टेनिस खेल्थ्याँै । त्यसपछि ब्याडमिन्टन र स्कवासका सत्र हुन्थ्यो । राती खाना खाएपछि जुल्फी मेरो घर अगाडि आउँथ्यो र सिटी बजाएर मलाई बोलाउँथ्यो । हामी दुवै आधा रातसम्म मुम्बईका सडकमा घुम्थ्याँै ।’
त्यो समयमा भुट्टोको नजिकका साथीहरूमध्ये क्रिकेटका कमेन्टेटर ओमर कुरैसी र भारतका प्रख्यात क्रिकेटर मुस्ताक अली पनि थिए ।

 

यसको पुष्टि गर्दै पिलुु मोदीले आफ्नो पुस्तकमा लेखेका छन्– ‘मुस्ताक जब खेल खेल्न मुुम्बई आउँदा जुल्फीको घरमा नै बसेका थिए । दोस्रो दिन नै उनलाई सुर्ते बनर्जीको एक फास्ट बलमा नराम्रो चोट लाग्यो । उनको हातमा प्लास्टर लगाइयो र उनलाई केही दिन क्रिकेट क्लब अफ इन्डिायको गेस्ट हाउसमा बस्न भनियो ।’  उनी यति छटपटाए कि आधी रातमा भुट्टोलाई फोन गरेर तुरुन्त क्लबको गेस्ट हासउमा आउन भने । जब भुट्टो त्यहाँ पुगे त  उनले भने म तिम्रो घर जान्छु । उनले कैँचीले आफ्नो हातमा लगाएको प्लास्टर कटाए । त्यसपछि आरामले सुते ।’

नुसरत इस्फहानीसँग भेट

मुम्बईमा पढाइको शुरुवात गरेपछि भुट्टो अमेरिका गए, जहाँ बर्कले विश्वविद्यालयबाट उनले राजनीति शास्त्रको डिग्री लिए । सन् १९५३ मा  जब उनी पाकिस्तान फर्के तब उनको भेट इरानमा जन्मिएकी नुसरत इस्फहानीसँग भयो । भुट्टोको जीवनी लेख्ने अर्का लेखक स्टेनली बोलपर्टले यो भेटको वर्णन आफ्नो पुस्तक ‘जुल्फी भुट्टो अफ पाकिस्तना’ मा गरेका छन् ।

बोलपर्टले लेखेका छन्, ‘बेगम नुसरतले मलाई भनेकी थिइन्– पहिलो पटक भुट्टोलाई त्यो समय देखेकी थिएँ जुन समय एक विवाहका लागि गहना निकाल्न बैङ्क गएकी थिएँ । भुट्टो पनि आफ्नी आमासँग गहना निकाल्न बैङ्क गएका थिए । त्यहीँ उनकी आमाले मेरो परिचय भुट्टोसँग गराएकी थिइन् । पहिलो भेटमा उनी मलाई अलिकति पनि आकर्षक लागेनन् ।’

बेगम नुसरतले अगाडि भनेकी छन्, ‘उनकी बहिनीको विवाहमा हाम्रो अर्को पटक भेट भयो । उनले मसँग डान्स गरे । उनले मलाई जोडले समात्ने कोशिस गरे । मैले उनलाई विस्तारै भने ‘यो पाकिस्तान हो जनाव, अमेरिका होइन । जुल्फीले यो सुनेर जोरले ठुम्का लगाए । उनको हिम्मत देख्नलायक थियो कि खाना खाइसक्नुभन्दा पहिला नै आफ्नो गाडीमा राखेर मलाई मेरो घर छोडदिन्छु भने । मैले भने मैले पनि आफ्नो गाडी लिएर आएकी छु । तपाईं यस्तो दुःख नगर्नु होस् । उनी यति जिद्दीवाला थिए, त्यसपछि पनि ‘जाऊँ मसँग आइसक्रिम खान भने, मैले जान्नँ भने ।’

भाषणका जादुगर

सुरुमा जान्न भने पनि पछि उनी गइन् । पछि दुवैले विवाह नै गरे । भुट्टो राजनीतिमा आए र अयुब खाँ मन्त्रीमण्डलमा कैयौँ पदमा काम गरे । ३४ वर्षको उमेरमा नै उनी विदेश मन्त्री भए ।

सैयदा सैयदेन हमिद भन्छिन् ‘विदेश मन्त्रीको रूपमा भुट्टोले गजबको काम गरे । उनले १९६५ मा  र ७१ मा संयुक्त राष्ट्र सङ्घमा राम्रो भाषण गरे । उनको भाषणमा खास किसिमको लय र शब्दहरुको समुन्द्र नै हुन्थ्यो । जुन खोला बगे जसरी जान्थ्यो । उनको संवाद तर्कले भरिएका हुन्थे । एउटा सानो देश जसलाई विश्वले करिब करिब अस्विकार गरेको थियो । त्यो देशलाई इज्जत दिलाए । तर उनको यो योगदानको धेरै कम ठाउँमा सम्मान गरियो ।’

हमिद भन्छिन्– ‘पाकिस्तानको विदेश मन्त्रीले सुरक्षा परिषदको मञ्चमा कागज च्यातेर वाक आउट गरे, उनीमाथि के आरोप लगाइयो भने उनले आफ्नो कर्तव्य निभाइरहेका छैनन् । उनीभन्दा पहिला कसैले यस्तो काम गरेका थिएनन् । उनले त्यहाँ पूरा विश्वलाई सम्बोधन मात्र गरेनन्, त्यहीँबाट आफ्नो देशका नागरिकहरूसँग पनि बोलिरहेका थिए ।’

याह्यापछि राष्ट्रपति पद सम्हाले
भारतमा भुट्टोको यस वाक आउटको ‘हुटिङ’ गरियो । तर, पाकिस्तानमा उनी यो नाटकिय भाषणले युद्ध हार्दा पनि रातारात हिरो बने । न्युयोर्कबाट फर्किंदा उनी रोममा बसे । जहाँ पाकिस्तान फिर्ता ल्याउनका लागि पीआईए विमान नै पठाइयो  ।

एक समयमा भुट्टो मन्त्रीमण्डलका सदस्य र पन्जाबका गभर्नर गुलाम मुस्ताफा खार भन्छन्, ‘त्यो रात पूरा पाकिस्तानमा ब्ल्याक आउट थियो । म दुई घण्टा कार चलाएर इस्लामाबादबाट पिडी पुगेँ । याह्या खान एउटा कोठामा एक्लै बसेका थिए । उनको अगाडि स्काचको एउटा गिलास राखिएको थियो । उनले मलाई भने, खार साहब, तपाईं जे भए पनि जल्फिकर अली भुट्टोलाई फिर्ता बोलाउनु होस् । उनी भुट्टोलाई प्रधानमन्त्री बनाउन चाहन्थे । उनी यो पनि चाहन्थे कि उनी राष्ट्रपति बनिरहुन् ।’

खार भन्छन्– ‘त्यसपछि मैले भुट्टो साहबलाई रोममा सम्पर्क गरेँ र उनलाई फोनमा भने,  सर तपाईं फिर्ता आउनुहोस् । भुट्टोले मसँग भने कही मलाई मार्ने त होइनौँ । उनले बोलाउनुको कारण पनि सोधे ? मैले भने फोनमा त सबै कुरा भन्न सक्दिनँ, किनकि सबै फोन टेप गरिँदै छन् । म केवल यति भन्न सक्छु तपाईं केवल यहाँ आउनु होस् । सब ठीक हुनेछ ।’

एयरपोर्टबाट सिधै राष्ट्रपति भवन
 

भुट्टोलाई एयरपोर्टबाट सीधै राष्ट्रपति भवन लगेर राष्ट्रपति र चिफ मार्सल ल एड्मिनिस्ट्रेटरको पद दिइयो ।

गुलाम मस्ताफा खा अगाडि भन्छन् ‘म आफ्नो साथीको मर्सिडिज कार लिएर भुट्टोलाई लिन एयरपोर्ट गएँ । उनी मेरो कारमा बसे र सोधे– कहाँ  जाने हो ? मैले भनेँ सीधा राष्ट्रपति भवन जाने हो । इन्सा अल्लाह आजै नै तपाईंलाई पावर ट्रान्सफर हुनेछ  । त्यहाँ याहिया खाँ उनलाई पर्खिरहेका थिए । उनले भने तपार्इं पश्चिमी पाकिस्तानबाट चुनिएका नेता हुनुहुन्छ । यसकारण मैले तपाईंलाई सत्ता हस्तान्तरण गर्ने फैसला गरेको छु । अब  प्रश्न यो छ कि सत्ताको हस्तान्तरण कसरी गर्ने ?’

खार भन्छन्– ‘आर्मीमा एक  कर्नल हुन्छन्, उनको नाम मलाई थाह छैन । तर उनलाई जैक भनेर बोलाइन्छ । उनलाई बोलाइयो । उनले एउटै अवस्थामा भुट्टो साहवलाई सत्ता हस्तान्तरण गर्न सकिने सल्लाह दिए, त्यो भनेको उनलाई मार्सल ल एडमिनिस्ट्रेटको शक्ति हस्तान्तरण गर्ने । त्यस्तै दस्तावेज तयार गरियो । जसमा क्याबिनेट सेक्रेटरी गुलाम इसहाक खाँले हस्ताक्षर गरे ।’

उनी भन्छन् ‘भुट्टो साहबले अन्तिममा भने कि यो समयमा केवल तिमी र हामी छौँ । हाम्रो पार्टीका महासचिव जे ए रहिमलाई पनि बोलाऊ, नत्र पछि उनले थाह पाएपछि नराम्रो मान्ने छन् । जब भुट्टो राष्ट्रपति बने त्यहाँ केवल तीन जना थिए । म, जे ए रहिम र गुलाम इसहाक खाँ । तर भुट्टो साहबले याह्या खानको राष्ट्रपति बन्ने इच्छालाई अस्वीकार गरिदिए । उनले भने यदि यस्तो गरेँ भने राजनीतिक रूपमा मलाई धेरै हानि हुने छ । तपाईं पनि राष्ट्रपति रहनुहुँदैन । तपार्इंको ठाउँमा अन्य कोही आउने छ । याह्या खानले भुट्टोको कुरा मान्नु पर्यो ।’

निद्रा नलाग्ने बिरामी थियो भुट्टोलाई
भुट्टोले इन्दिरा गान्धीको गरिबी हटाउ झैँ रोटी कपडा र घरको नारा दिए । सिमला सम्झौता गरेर भारतबाट ९३ हजार पाकिस्तानी युद्धबन्दीलाई छुटाएर फिर्ता गरेको पाकिस्तानी जनताले उनको एक उपलब्धिको रूपमा लिए ।

भुट्टोका एडीसी अरसद समी खाँ आफ्नो पुस्तक  थ्री प्रिसिडेन्ट एन्ड एन एड’मा लेख्छन् ‘भुट्टो एक सुपर कम्युटर झैँ सोच्थे । उनको सम्झने बानीको पनि कुनै जवाफ थिएन । मलाई लाग्छ कि उनलाई राति निन्द्रा नलाग्ने विमारी थियो ।’

उनी लेख्छन् ‘एक पटक उनले मलाई आधी रातमा फोन गरेर आफूसँग खाना खान बोलाए । खाना खाने समयमा उनले ती मान्छेको नाम सोधे  जो उनलाई भेट्न चाहन्थे । खाना खाएपछि मैले ती मान्छेहरूको लिस्ट देखाइ दिएँ । उनले पेन्सिलले १४ जनाको नामको अगाडि चिन्ह लगाए  र भने यिनलाई १५–१५ मिनेटको फरकमा बोलाउनु । मैले भने तपाईं केही दिन व्यस्त रहनुहुन्छ होला । कराँची पनि जाँदै हुनुहुन्छ । कराँचीबाट फर्केपछि यो भेटघाट फिक्स गर्छु ।’

उनी थप लेख्छन छन् ‘भुट्टोले हास्दै भने समी अहिले के तपाईं निन्द्रामा हो ? मेरो भनाइ हो कि म यी सबै मान्छेहरूसँग अहिलेदेखि बिहान सवा चार बजेको बीचमा भेट्न चाहन्छु र तपाईं बिहान सवा चार बजे मेरो पहिलो मन्त्रीमण्डलको शपथग्रहण समारोहको पनि व्यवस्था मिलाउनु । मलाई यसको व्यवस्था मिलाउनु नाकले चना खाए जस्तो भयो । कैयौँले त उनीहरूलाई झुक्याएर अरू कसैले फोन गरेको हो भन्ने सोचे । केहिले यति राति फोन गरेकाले प्रहरीमा मेरोविरुद्ध उजुरी दिने बताए ।’

स्टाइलिस भुट्टो 

भ्ट्टोको बारेमा भनाइ थियो कि उनी विश्वको सबैभन्दा फेसनेबल कपडा लगाउने राजनेता थिए । उनका सबै सुट कराँचीको उनको दर्जी हामिद सिलाउँथे । जब उनी प्रचारमा जान्थे सधैँ सुरवाल कमिज लगाउँथे । १९७१ मा सत्तामा आएपछि उनले आफ्नो मन्त्रीमण्डलका सदस्यहरूको लागि ड्रेस कोड बनाएका थिए । बन्द गला भएको कोड र पाइजामा ।

पत्रकारहरूले उनको मन्त्रीमण्डलको यो ड्रेस कोडलाई ब्यान्ड मास्टर भनेर मजाक उडाउँथे । भुट्टो पागलपनको हदसम्म  नेपोलियन बोनापार्टका फ्यान थिए । उनको घरको लाइब्रेरीमा ७ वटा दराज नेपोलियन बारे लेखिएका किताबहरुले भरिएको थियो ।

भुट्टोका जीवनी लेख्ने सलमान तासिर लेख्छन्, ‘भुट्टो कहिले काहीँ बिहान नास्ता खाँदैन थिए । उनी १० बजे कफी खान्थे । उनी लन्च पनि कम खान्थे । राति चिया राम्ररी खान्थे र रातिको खाना धेरै खान्थे ।’

५ फिट ११ इन्च उचाइका भुट्टो सधैँ फिट देखिन्थे । यद्यपि उनी केही व्यायम र योगा गरेनन् । कहिले काहीँ पौडी खेल्ने सोख थियो । एक पटक इटालियन पत्रकार ओरयाना फलासीसँग भनेका थिए कि, ‘म इन्दिरा गान्धीभन्दा १० वर्ष कान्छो हुँ । उनीभन्दा बढी बाँच्ने छु ।’

पाकिस्तानमा  गरिबी हुँदाहुँदै उनलाई राष्ट्रपतिका लागि फाल्कन जेट किन्न लाखौँ डलर खर्च गर्न कुनै रोकटोक थिएन ।

उनको सिल्कको कमिज लण्डनको प्रख्यात टर्नबुल एन्ड एसेर कम्पनीबाट किनिन्थ्यो । उनको सिल्कको टाइ वाईएसएल र क्रिस्चियन डेओरको हुन्थ्यो । उनका जुत्ता गुचीका हुन्थे कि बालीका ।

रातिको खाना खाएपछि उनी डेबिडौफको एक सिगार खान्थे । उनको एक विशेष आदत थियो कि सिगार सल्काउनुभन्दा पहिला उनी त्यसलाई रेमी मार्टिन ब्रान्डीमा डुबाउथे ।

जियालाई सेनाध्यक्ष बनाउन सबैभन्दा ठूलो भूल

जुल्फिकर अली भुट्टोबाट सबैभन्दा ठूलो भूल त्यो समयमा भयो जब  उनले एक जुनियर सेना अफसर जिया उल हकलाई पाकिस्तानको सेनाध्यक्ष बनाए । गुलाम मुस्ताफा खारको भनाइ छ कि उनले यसबारेमा लागि भुुट्टोलाई चेतावनी पनि दिएका थिए ।

खार भन्छन् ‘जब मैले भुट्टोलाई भने, जिया यो पदको लायक छैन । उनले तपाईं यस्तो कसरी भन्न सक्नुहुन्छ भनेर प्रश्न गरे । फेरि उनले ‘तपाईं मेरो केही प्रश्नको जवाफ दिनुस्’ भने । के जिया देख्नमा प्रभावशाली छन् ? मैले भने ‘छैनन्’ । फेरि सोधे के ऊ यहीँ जन्मेको हो ?  मैले भने होइन । फेरि उनले प्रश्न गरे, के उनी राम्रो अंग्रेजी बोल्न सक्छन् ? मैले भने, यो पनि राम्रो छैन ।

फेरि उनले भने कि पाकिस्तानका सेना ती जनरलहरूलाई स्वीकार गर्छन् जोे राम्रो अङ्ग्रेजी बोल्छन् अथवा उनी सैडहस्र्टमा पढेका हुन् । यो त बाहिरबाट आएको मान्छे हुन् । यिनी यति प्रभावहीन छन् कि मलाई योभन्दा बढी सुट अरू गदैन ।’

तर जियाको बारेमा भुट्टोको अनुमान पूरा गलत सावित भयो । त्यही जिया उल हक पछि भुट्टोको मृत्युको कारण बने । उनले केवल भुट्टोको तख्ता मात्र पल्टाएनन् बरु एक विवादास्पद मुद्दा पछि उनलाई फाँसीमा चढाए ।

विडम्बना यो थियो कि भुट्टोले जियाको पूरा परिवारलाई मानसिक रूपमा विक्षिप्त छोरीको उपचार गर्न अमेरिका पठाएका थिए । जुन दिन भुट्टोलाई नरजबन्द गरेको थियो, त्यो दिन जियाको पूरा परिवार अमेरिकामा थियो ।

बीबीसी 

२०७४ पौष २३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

BBC

यसमा तपाईको मत