देश

बसन्त पौडेलको हत्यारालाई तत्काल पक्राउ गरि कडा-कारबाहीको माग गर्दै युवा संघ अर्घाखाँची द्वारा प्रेस बिज्ञप्ती(पत्र सहित )

 सन्धिखर्क /युवा संघ नेपाल रुपन्देही क्षेत्र् न. १ का पुर्व कोषाध्य तथा बुटवलमा फर्निचर ब्यबसाय गर्ने बसन्त पौडेलको गत मिति पौष २१ शुक्रवारको दिन 
ढोका किन्ने बहानामा डीस्कोभर बाइकमा  आएका अज्ञात ब्याक्ति द्वारा  व्यस्त बजारमा दिनहाडै गोलि हानी हत्या भएको थियो ! हत्याको बिरोधमा २२ र २३ गते  युबा संघ नेपाल रुपन्देहीले बन्द गरेको थियो  ।आज  बुटवलमा सर्बपक्षिय जुलुस
 प्रदर्शन भै रहेको छ ! ब्यस्त बजारमा दिनहाडै भएको हत्याले राज्यको शान्ति सुरक्षा माथि गम्भीर शंका उत्पन्न गरेको छ !एक बर्ष अघि सोहि स्थानमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलगन मुख्य अपराधीलाई 
अझै पक्राउ गर्न सकेको छैन !हत्याको धम्कि बाराम्बार आएको जानकारी सुरक्षा निकायलाइ पटकपटक जनाकारी गराउदा पनि नागरिक् हरुले ज्यान गुमाउनु पर्ने नियत फेरी बारम्बार दोदोरी रहेका छन् !

येस्ता खालका अपराधिक घटना देशमा घटी रहदा पनि  गृहमन्त्रालय सहितको जिम्मेवारी लिनु भएका बर्तमान सरकारका प्रधानममंत्री शेरबहादुर देउवा र  उहाको नेत्रित्वको सरकारले कुनै गम्भीर कदम न चालेको भन्दै  हत्याको घोर 
निन्दा र भत्सर्ना गर्दै दोषीलाई तत्काल पक्राउ गरि हद सम्मको कारबाही गर्नको लागि युवा संघ नेपाल अर्घाखाँचीले आज प्रेस बिज्ञप्ती निकालेको हो !

येसरी दिनहाडै  फर्निचर ब्यबसाय गर्ने बसन्त पौडेलको हत्याको कारण युवा संघ नेपाल अर्घाखाँची आक्रोशित भएको छ !

२०७४ पौष २३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत