समाचार

रिडिमा एउटा बालिकाको कथा, जसलाइ जंगली मिर्गले स्तनपान गराए

धेरै समय पहिले रुरुक्षेत्रमा देवदत्त नाम गरेको एकजना ब्राम्हण बस्दथे। उनले कालिगन्डकीको किनारमा आश्रम बनाइ तपस्या गर्नथाले। महात्माको तपस्या धेरै समय सम्म चलिरह्यो । अत्यन्तै कठोर तपस्यामा लागेको देखेर देव्राज ईन्द्र सशंकित भई उनको तपस्या भङ्ग गर्नतर्फ लागे। सोही अनुरुप उनले देवदत्तको आश्रममा प्रह्मलोचा नामको अप्सरालाई तपस्या भङग गर्न पठाए। जब देवदत्त उनको ध्यानबाट उपरत भई केही समय यताउती घुम्न थाले तब उनले टाढैबाट भकुन्डो खेली राखेकी अत्यन्तै सुन्दरी प्रह्मालोचालाई देखे। अप्सराको हाउभाउ कटाक्षले मुनी मोहित भये। उनको सुन्दरता प्रती बसिभुतभई विवाहको प्रस्ताब राखे र दुबै जना विवाह बन्धनमा बाँधीइ संसारिक सुखमा बिलिन भए। केही समयको अन्तराल पछी प्रह्मालोचाले एउटी कन्यालाई जन्म दिइन। ततपस्चात उनले आफ्नो उधेश्य पुराभएको सम्झी ति कन्यालाई त्यही आश्रममा छाडेर स्वर्ग गइन। जब देवदत्तले यो कुराको वास्तविकतालाई बुझे तव उनी छाँगा बाट खसे झै भए। उनको हृदयमा तिब्र बैराग जागेर आयो ततपस्चात उनी उक्त कन्या लाई छाडेर उत्तरतिरको भ्रिगु आश्रमतिर लागे र भगवान शिवको कठोर तपस्या गर्नथाले।

जन्म दिने आमा र बुबाले छाडेर गए पछि ति कन्या एक्लै भइन। उनको अवस्था देख्न नसकेर जंगलमा चरिरहेको मृगले दिनहु स्तनपान गराएर हुर्काउन थाले । संस्क्रित भाषामा मृगलाई रुरु भनिन्छ। त्यही रुरुले दुध पिलाएर हुर्केकी कारणले तिनको नाम रुरुकन्या रहनगयो। पछी उनले भगवान नारायणको कठोर तपस्या गर्न थालिन। उनको कठोर तपस्या देखी भगवान नारायण प्रशन्न हुनुभयो र उनको सामु प्रकट भई बारदान माग्न भन्नु भयो। भगवानको यस्तो वाक्य सुनेर रुरुकन्याले बिन्ती गरिन हे नाथ यदी मलाई बारदान दिनु हुन्छ भने यही चतुरवाहु श्री नारायणको रुपले हजुर यही बिराजमान होइबक्सीयोस र मेरो नाम बाट यो क्षेत्र प्रशिद्ध होस्  उनको यस्तो प्रार्थना सुनी भगवानले भन्नु भयो अब उपरान्त यो ठाउँ रुरुक्षेत् नामले प्रख्यात हुने छ्। यो क्षेत्रमा जसले स्नान गरेर तीन दिन यहाँ रही चतुरबाहु ह्रिषीकेशको दर्शन गर्छन् त्यो पवित्र हुन्छ भनी भगवान अन्तरध्यान हुनु भयो। (त्यसैले ३ दिन माघे संक्रान्ती मेला लाग्ने गर्छ)।

ति रुरुकन्या केही समय त्यही रहिन र पछी उनले देहत्याग गरिन र उनले मुक्ती पाइन। भगवानको आशिर्बादले गर्दा त्यो दिन देखी रुरुक्षेत्र पुण्य क्षेत्र बन्यो। यो क्षेत्र अत्यन्तै पवित्र भयो र रुरुकन्या को नामले रुरुक्षेत्र भनी हिन्दू जगतमा प्रशिद्ध भयो।

२०७४ पौष २० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत