राजनीति

सर्वदलीय बैठक सकियो, यस्तो भयो सहमती

काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रदेश प्रमुख र राजधानी तोक्ने सहमति भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै सम्पन्न बैठकमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न वाम गठबन्धनका नेताहरुले सहमति भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।

 

माओवादी नेताहरुले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषय सरकारको भएको भन्दै ति काम छिटो गर्न सुझाव दिएको बैठकपछि संचारकर्मीहरुसंग कुरा गर्दै पौडेलले बताए ।

 

त्यस्तै बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोक्न पनि सरकारलाई दलका नेताहरुले सुझाव दिएका थिए । सर्वदलीय बैठकमा सहमति जुटाएर सरकारले आज बस्ने मन्त्रिपरिषद बैठकबाट यी तीनवटै विषयमा निर्णय गर्ने तयारी गरेको छ ।

 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशाङ्क कोइराला, कृष्ण सिटौला, माओवादी नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु सहभागि थिए । एमाले अध्यक्ष केपी ओली भने अस्वस्थताका कारण बैठकमा उपस्थित हुन सकेनंन !

२०७४ पौष २० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत