राजनीति

माधव नेपालको ठोकुवा : ओलीलाई प्रधानमन्त्री बन्न कसैले रोक्न सक्दैन

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने स्पष्ट पार्नुभएको छ । केहि सञ्चारमाध्यमले गलत प्रचार गरेको भन्दै नेता नेपालले पार्टी अध्यक्ष नै अबको प्रधानमन्त्री बन्ने स्पष्ट पार्नुभएको हो ।

राजधानीमा बुधबार आयोजित साक्षात्कारमा उहाँले ओली प्रधानमन्त्री बन्ने बताउँदै भन्नुभयो, वाम गठबन्धनमा एमालेले प्रधानमन्त्रीको जिम्मेवारी पाए अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ। एमाले र माओवादी केन्द्रबीच पार्टी एकताबारे छलफल भइरहेको बताउँदै उहाँले एकता भएपनि जनताको बहुदलीय जनवाद सिद्धान्तलाई अगाडि बढाइने बताउनुभयो ।

२०७४ पौष २० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत