समाचार

बुर्तिवाङमा आगलागी: दुई घर जलेर नष्ट

बागलुङ – ढोरपाटन नगरपालिका १ बुर्तिवाङ बजारमा  मध्यरातमा भीषण आगलागी भएको छ । आगलागीबाट दुईघर पूर्णरुपमा ध्वस्त भएका छन् ।

बुर्तिवाङ बजार प्रभु फाईनान्सको नजिकै रहेको गणेश बुढा र रामबहादुर घर्तीको पक्की तीनतले घर खरानी भएको हो ।

ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार सदरमुकामबाट आएको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

आगोलागिबाट कुनै मानवीय क्षति भएको छैन । विद्युत सट भएर आगो लागेको प्रहरीले अनुमान गरेको छ ।

२०७४ पौष १८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत