राजनीति

एमाले अध्यक्ष ओली बिरामी, घरमै औषधि खाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्।

बिरामी परेपछि ओली सोमबार कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन्। स्रोतका अनुसार सोमबारदेखि ओलीलाई झाडा पखाला लागेको छ।

उनले घरमै औषधि लिइरहेका छन्।

चिकित्सकहरुले उनलाई  केही दिन घरमै आराम गर्न सुझाव दिएका छन्।

२०७४ पौष १८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत