प्रवास

इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार

डिसेम्बर ३१ ईजरायल :-ईजरायलमा एक नेपालीले ल्होसार मनाए बपात ठुलो नोक्सान बेहोर्नु परेको छ |आफ्नो सट्टामा राखेको एक नेपाली कामदारले नै ठुलो धनमालको चोरी गरि भागेको छिन |गत शुक्रबार अर्थात् २९ डिसेम्बर तेल अभिवमा भएको ल्होसारको कार्यक्रममा सहभागी हुनको लागि गोर्खाका एक नेपालीले आफ्नो काममा अर्को एकजना नेपाली चितवन घर बताउने कमला नामकी अन्दाजी ३२ ,३३ बर्षकी महिलालाई राखेर गएकी थिईन ,तर शनिबार फर्किंदा उनि घरमा थिईनन र कोठामा जाँदा सबै सामान जथाभावी रहेकोले हेर्दा पैसा र सुन थिएन |तेल अविव शहरको रामतखेनको एम्प्लोयरको पनि पैसा र केहि गर गहन चोरी गरि भागेको पिडित नेपालीले जनाएको छ |उनीले नजिकको प्रहरीलाई पनि खबर गरि सकेको र प्रहरीले अनुसन्धान गरिरहेको पिडितले जनाएको छ |

ईजरायलमा कियरगिभर काम गर्ने सम्पूर्णले काम बिशेसले छुट्टी निस्कनु परेमा आफ्नो सट्टामा अर्को राख्नु पर्ने हुन्छ |केहि बर्ष अगाडी देखि उनीले छुट्टी निस्कंदा कमलालाई नै राख्ने गरेकी थिईन |कमलाले प्रयोग गर्ने ०५४-७८६१ -०९७ शनिबार देखि बन्द गरि फरार भएकी छिन | इजरायलमा बस्नु हुने नेपाली महिलाहरुले गरगहना कम्तिमा पनि ८ ,९ तोला सुन राख्ने गर्दछन |यस घटनाबाट धेरैको नेपालीहरुको आफ्नो धनमालको सुरक्षाको लागि सोच्नु पर्ने भएको छ |नेपाली नेपालीमा पनि विश्वास गर्न नसकिने ,आफ्नो नेपालीलाई केहि पैसा होस् भनेर नियम भन्दा अलि बढी दिएर राखेको पिडितले बताईन |

चोरी भएको समानहरु :-

१ )६ तोला सुन

२ )१२ तोला चाँदी

३ )२५०० सेकेल नगद

४ )१७० यु यस डलर

५ )ब्याग

एम्प्लोयरको

१ )डाईमोन सिक्री

२ )वाइट गोल्ड औठी

३ )घडी

४ )२८०० सेकेल नगद

२०७४ पौष १६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत