स्वास्थ्य/जीवनशैली

छारेरोग बिष्णुबहादुर थापाको १६ बर्ष पछि फुके हातखुट्टामा बाधिएका दाम्लो र रसी

सन्धिखर्क अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड न -६ साबिक मेहेलपोखरी लम्धारा निवासी छारेरोग पीडित बिष्णु बहादुर थापाको आज मिति पुष १५ गते सनिवारको दिन समाज सेवी यूवराज थापाको पहलमा सन्धिखर्क चुत्राबेसीको आकासे पुल नजिकै रहेको बिपिन फार्मेसीमा नशा तथा मनोरोग विशेषज्ञ एवं भैरहवा मेडिकक कलेजका अबुभवी मनोरोग विशेषज्ञ डा.सन्दिप सुवेदी(एम.बि.बि.एस.)(टि.यु) एम.डि सायाक्ट्री (associate professor ,UCMC TH भैरहवा ) द्वारा दोस्रो चरणको निशुल्क : चेक जाँच औषधि उपचार उपचार भएको छ !

छारेरोग बिष्णु बहादुर थापाको येस अघि मङ्सिर १६ गते सनिवारको दिन चेक जाच उपचार बिपिन फार्मेसी र भैरहवा मेडिकल कलेजका नशा तथा मनोरोग विशेषज्ञ डा .सन्दिप सुवेदी बाट भएको थियो ! छारेरोग थापालाई बिपिन फसर्मेसिका संचालक एवं समाजसेवि युवा सुर्य बहादुर थापा द्वारा निशुल्क: चेक जाँच र साथमा १ महिनाको लागि निशुल्क: औषधि प्रधान गर्नु भएको थियो !

आज मितो पुष १५ गते सनिवाराको दिन दोस्रो पटक भएको चेकजाचमा उनको स्वास्थ्यमा धेरै राम्रो सुधार आएको डाक्टर सुवेदी र उनकी आमाको भनाइ छ !

छारेरोग विष्णुलाई उनको स्वास्थ्य सुधारको लागि बिपिन फसर्मेसिका संचालक एवं समाजसेवि युवा सुर्य बहादुर थापा द्वारा निशुल्क :चेक जाच गराई थप २ महिनाको लागि निशुल्क: औषधि प्रधान गर्नु भएको छ ! नशा तथा मनोरोग डा .सन्दिप सुवेदीको सल्लाह सुझाब अनुसार छारेरोग बिष्णुलाई एक महिनाको औषधि चलाइएको थियो !उनलाइ प्रत्येक दिन नियमित ढंगले औषधि खुवाए लगत्तै बिष्णुको स्वास्थ्यमा धेरै नै सुधार आएको छ !

उंनलाई अहिले पशुलाई बाध्ने दाम्लो र रसिले हात खुट्टामा बाध्नु पर्दैन बिगत १६ बर्ष देखि उनको हात खुट्टामा बाधिएका दाम्लो र रसी फुकाइएको छ !उनले आजकल पहिले जस्तो घर वरिपरी आफ्नो छर छिमेकमा पहिले जस्तो अबद्र ब्याहबार गर्दैनन् , औषधि उपचार अघि उनलाइ दिशा पिसाब देखि लिएर उनको भोजन पान सबै उनकी ७३ बर्षिय बृद्द आमाले गर्नुहुन्थ्यो तर अहिले समाजसेवी यूवराज थापाको पहलमा उनको औषधि उपचार शुरु गरे लगत्तै विष्णुले आफै खाना खाने आफै कपडा लगाउने साथमा घरमा खाना पकाउनको लागि दाउरा समेत खोजेर ल्याई आफ्नी बृद्द आमालाइ सघाउन शुरु गरेका छन् !

बिष्णुकि वृद्ध आमा अर्घाखाँचीबुलेटिन संगको कुराकानिमा येसो भन्नुहुन्छ -बाबु यूवराज थापा लगायत संम्पुर्ण मेरो छोराको उपचारको लागि आफ आफ्नो ठाउ बाट आर्थिक सहयोग गरिदिनुहुने सहयोगी हातहरुलाई १० औला जोडी हृदय देखि धेरै भन्दा धेरै धन्यवाद दिन चाहान्छु ! अहिले उहाहरुकै पहलले गर्दा मेरो छोराको जीवनमा धेरै परिबर्तन र सुधार आएको छ !आजकल त् मलाइ घरको सानो तिनो काम गर्न पनि सघाउने गरेको छ !

१६ बर्ष देखि दाम्लाले हात खुट्टा बाधेर राखेको छोरालाई अहिले येसरी उसको स्वास्थ्यमा सुधार आएको देख्न पाउदा खुसीका आशु झर्ने गर्दछन येसरी निशुल्क: उपचार (चेक जाच )र निशुल्क:औषधि प्रधान गर्नुहुने बिपिन फार्मेसीका संचालक समाजसेवी सुर्य बहादुर थापा, अन्जु थापा र डा.सन्दिप सुबेदिलाइ बिष्णुकि आमाले धन्यवाद ज्ञापन गरेकी थिइन !

उनको तेस्रो पटकको चेकजाच अबको २ महिना पछी हुने भएको छ खुसीको कुरा अहिले बिष्णु को हात खुट्टामा बाधिएका दाम्लो र रसी फुकाइएको छ !

 
 

२०७४ पौष १५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत