समाज

लात्तेवाँज भैरव समाजको बनभोज तथा सम्मान कार्यक्रम सम्पन्न

विनोद गैरे
सन्धिखर्क अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका स्थित नुवाकोट लात्तेवाँज भैरव समाजले आज बृहत बनभोज तथा सहयोग दाताहरुलाई सम्मान गर्दै भैरव नाचको समापन गरेको छ ।
 
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले लात्तेवाँजका स्थानीय वासीहरुले संस्कृतिको संरक्षणमा गरेको योगदानको प्रशंसा गर्दै कला संस्कृतिको जर्गेना गर्नु हामि  सबैको दायित्व भएको हुँदा कला संस्कृति जर्गेनामा सबै आ–आफ्नो क्षेत्रवाट लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।
 
कार्यक्रमा भैरव नाँचमा सहयोग गर्ने विभिन्न क्षेत्रका सहयोग दाताहरु तथा विभिन्न विधामा भैरव नाचमा सहयोग पु¥याउनुहुने भैरव समाजका सदस्यहरुलाई प्रसंसा पत्र साथै खादा ओडाएर सम्मान गरिएको थियो ।
 
कार्यक्रम भैरव नाच व्यस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठको व्यवस्थापन स्थानीय बयोबृद्ध तथा भैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तेजमान श्रेष्ठको अध्यक्षता साथै ज्ञान प्रसाद श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

 

 
 

२०७४ पौष १५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत