साहित्य

नयाँबर्षको सुभकामना सहित बिष्णु भट्टराईले ल्याए मन छुने देशभक्ति साहित्य कविता

नयाँबर्षको सुभकामना सहित हजुरहरु सम्पुर्णमा सद्भाव सहित समर्पित बिष्णु भट्टराईले ल्याए मन छुने देशभक्ति साहित्य कविता .

आउ नयाँ साल आउ:-

नमन गर्छु नयाँसाल सुद्ध मन लिएर कालोमैलो धोएर आउ,

हरेक नर,नारिको मनमा शान्तिका अग्रदुत बुद्ध भएर आउ,,

सरकार र नेताको मनमा सदबुद्धि सद्भाव जिम्बेबारि जगाउ,

हिंसकहरुको मनमा पनि अहिंसा नै परमधर्म बुद्धत्व जगाउ,,

आतंककारिको मनमस्तिष्कबाट खुनको प्यास युद्धको मात हटाउ,

सारा संसारबाट आपसि दुश्मनि युद्ध र भयको बादल हटाउ,,

गरिबहरुको झुपडिबाट गरिबिको चोट भोकोपेट अन्धकार हटाउ,

धनि पुंजिपतिको मनबाट धनको मात घमण्ड,अहंकार हटाउ,,

आउ नयाँसाल असंख्य असंख्य अबसरहरु लिएर आउ,,

कालो बजारी भ्रष्टचारीहरुको मनमा भय,डर र त्रास जगाउ,

महंगिको मारमा मर्दैछन जनता मंहगीको पिडा हटाएर जाउ,,

जनताको खोँसिएको खुशि हराएको मुस्कान लिएर आउ,

तिम्रो आगमन सँगै आशा र भरोसाको दियो जलाएर आउ,,

गरिबको घर आँगनमा स्नेहको मलम खुशि र उमंग लिएर जाउ,

, कानै फाट्नेगरि सुनिए फुक्ला भाषण आस्वस्सन धेरै बढ्यो नेताको भाउ,

अब भाषण हैन बिकाशको लहर लिएर आउने कोहि सपुत जन्माउ,,

बढ्नु बड्यो भुकमरि,गरिबि र बेरोजगारि नयाँसाल समाधान लिएर आउ,

आशाको किरण रोजगारिका अबसर नयाँ जोस जाँगर लिएर आउ,,

आउ नयाँसाल उत्तम मानबिय सर्बगुँण संस्कार लिएर आउ,

कुसँस्कार,कुरिति,छुवाछुत सबै भेदभाब समाजबाट हटाएर जाउ,,

आउ नयाँसाल हिमाल,पहाड,तराई हरेक नेपाली मनमा आउ

, एउटै मालाका फुलहामी एकताको मालामा उनेर जाउ,,

नेपाल आमाको घाउमा मलहम लगाई मलिन मुहार हँसाउ,

हृदय देखि स्वागत गर्छौं हामी सबै नयाँसाल स्वागत छ आउ!

 

 बिष्णु प्रसाद भट्टराई अर्घाखाँची सन्धिखर्क -१३ हाल इजरायल !!!!

२०७४ पौष १४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत