बजार

भृकुटीमण्डपमा औद्योगिक प्रर्दशनी सुरु

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा विहिबारदेखि १४ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी सुरु भएको छ । 

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एक कार्यक्रमका बीच प्रर्दशनीको उदघाटन गरेका हुन् ।

मेलामा स्वदेशमै उत्पादित सामग्रीहरु प्रर्दशन गरिएको मेला आयोजक समितिका संयोजक रविनकुमार श्रेष्ठले जानकारी दिए ।

मेलामा विभिन्न ब्रान्डको नेपाली जुत्ता, कपडाहरु प्रर्दशनी गरिएको छ ।

६ दिनसम्म चल्ने प्रर्दशनीमा १ सय ३५ वटा स्टल रहेको छ । प्रर्दशनीमा एक लाख बढि अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा पनि गरिएको छ ।

२०७४ पौष १३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत