फिचर

सिंहासनको नजिक पुगेर चिप्लने राजनीतिक हेभिवेटहरु

नयाँ दिल्ली । २५ जुलाई २०१२मा राष्ट्रपति भवनको सेन्ट्रल हलमा जब भारतीय काँग्रेसका नेता प्रणव मुखर्जी भारतका १३औं राष्ट्रपतिको रुमपा शपथ ग्रहरण गरीरहेका थिए । त्यहाँ उपस्थित भएका धेरै मान्छेहरुलाई थाहा थियो कि प्रणव मुखर्जीले राष्ट्रपतिको ठाउँमा प्रधानमन्त्रीको रुपमा शपथ लिन चाहन्थे ।

तर नियतिलाई यो कुरा मन्जुर थिएन । यस्तो एक पटक होइन तीन पटक भयो । जब काँग्रेस पार्टी प्रति निष्ठावान हुँदा हुदै प्रणव मुखर्जी प्रधानमन्त्री हुन हुन लाग्दापनि हुन सकेनन् ।

वरिष्ठ पत्रकार रशीद किदवई भन्छन्, ‘सन् १९८४ मा जब इन्दीरा गान्धीको हत्या भयो, त्यो समयमा प्रणव मुखर्जीलाई प्रधानमन्त्री बन्ने पहिलो अवर मिलेको थियो । त्यो समयमा उनी इन्दिरा गान्धीपछि दोस्रो नम्बरमा थिए । गान्धीका विश्वासपात्र पनि थिए । 

इन्दिरा गान्धीको हत्यापछि प्रणव मुखर्जीलाई लागेको थियो कि उनी प्रधानमन्त्री बन्न सक्छन् । दोस्रो पटक २००४मा काँग्रेस पार्टी र उसका सहयोगीदलहरुलाई जनादेश मिलेको थियो । अटल बिहारी वाजपेयीको सरकार हारेको थियो । त्यो समयमा प्रणव मुखर्जी आफ्नो राजनीतिक कौशल र आफ्नो क्षमतामा नम्बर एकमा थिए ।’

तेस्रो मौका त्यो समयमा आयो जब २०११–१२मा राष्ट्रपति चुनाव भइरहेको थियो । त्यो समयमा यूपिए सरकार भ्रष्टाचारको आरोपमा घेरीएको थियो । त्यो समयमा काँग्रेसमा कयौ नेताहरु मनमोहन सिंहलाई राष्ट्रपति र मुखर्जीलाई प्रधानमन्त्री बनाउन चाहन्थे । 

राजीव गान्धीको मन्डली
काँग्रेसप्रति निष्ठावान, राजनीतिक कौशल र परिपक्क नेता भएर पनि कहिल्यै प्रधानमन्त्री हुन पाएनन् । 

रशीद किदवइ यसको कारण यस्तो बताउँछन्, ‘इन्दिरा गान्धीका हत्याको समयमा राजीव गान्धी पश्चिम बंगालमा थिए । प्रणव मुखर्जीपनि उनको साथमा थिए । हत्याको खबर सुन्ने बित्तिकै दुबैजना दिल्ली आए । विमानमा राजीव गान्धीले प्रणव मुखर्जीलाई सोधेका थिए नेहरुको मृत्युपछि के भएको थियो । प्रणव मुखर्जीले भनेका थिए गुलजारीलाल नन्दालाई कार्यवहाक प्रधानमन्त्री बनाएको थियो किन कि सबै भन्दा बरिष्ठ उनै थिए । फेरि राजीव गान्धीले सोधेका थिए, शास्त्रीको निधन पछि के भएको थियो । यसको उत्तरमा पनि मुखर्जीले गुलजरीलाललाई वरिष्ठताको आधारमा जिम्मेवारी दिइयो । 

तर दिल्ली पुगेपछि राजीव मण्डलीका नेताहरुले प्रणव मुखर्जीका कुराको खण्डन गर्दै वरिष्ठताको हवाला दिएर मुखर्जी स्वयं प्रधानमन्त्री बन्न चाहन्थे भन्ने आरोप लगाए । राजीव राजनीतिमा आएको दुई–साढे दुई बर्ष भएको थियो । मुखर्जी राजीवलाई हटाएर स्वयम् प्रधानमन्त्री बन्न चाहन्थे तर उनलाई नै पार्टी बाहिर पठाइए । 
सोनियालाई भरोसा थिएन
राजीव गान्धी र उनका गुटसँग असन्तुष्ट भएर मुखर्जी चार वर्षसम्म काँग्रेसबाट बाहिर बसे । उनले अलग पार्टी बनाए । पछि काँग्रेसमा फर्के तर प्रधानमन्त्रीको कुर्सी उनको हात लागेन । 

रशीद किदवई भन्छन्, ‘सन् २००४मा चुनावमा काँग्रेसको जित भयो । तर सोनिया गान्धीले प्रधानमन्त्री बन्न चाहिनन । तर सोनिया गान्धीले मुखर्जीलाई वाइपास गरेर मनमोहन सिंहलाई प्रधानमन्त्री बनाइन् । यसका कारण थियो सोनिया मुखर्जीको बीचमा दुरी थियो । राजीवबाट सुरु भएको मिस अण्डरस्टाण्डिङ सोनियाको समयसम्म जारी रह्यो । त्यहि कारण उनी सोनियाको विश्वास पात्र बन्न सकेनन् । 

यहि कारण प्रधानमन्त्री त परै जाओस् गृहमन्त्री पनि बन्न पाएनन् ।  २०११–१२ मा प्रणव काँग्रेसमा धेरै जिम्मेवारी सम्हाली रहेका थिए । त्यो समयमा पनि सोनिया र प्रणवको मिटिङ भयो । उनले सोच अब मलाई प्रधानमन्त्री बनाइने छ । तर, सोनियाले उनलाई राष्ट्रपति बन्ने प्रस्ताव राखिन् ।’

राष्ट्रपति बनेपछि मुखर्जीको प्रधानमन्त्री बन्ने सपना सधैको लागि सकिएको थियो । 

षड्यन्त्रको चक्रव्यहू र विश्वसनीयताको संकट
राष्ट्रवादी काँग्रेस पार्टीका अध्यक्ष शरद चन्द्र गोविन्दराव पवार चार पटक महाराष्ट्रका मुख्यमन्त्री बने । सात पटक लोक सभाको चुनाव जिते र काँग्रेसमा आउँदै जाँदै गरे । शरद पवार प्रधानमन्त्रीका दावेदार थिए तर उनको विश्वसनीयता नै उनको दाबेदारीमा काँडा बन्यो । 

वरिष्ठ पत्रकार कुमार केतकर भन्छन्, ‘देवेगौडाको सरकार ढलेपछि शरद पवार १९९८ मा प्रधानमन्त्री बन्न सक्थे । जब सोनिया गान्धी काँग्रेसकी अध्यक्ष बनिन्, त्यो समममा उनी विपक्षीका नेता थिए । उनलाई यो जिम्मेवारी सोनिया गान्धीले दिएकी थिइन् ।’

तर, पवारको राजनीतिमा षड्यन्त्रको गन्ध कहिल्यै हटेन । यहि कारणले काँग्रेसका नेताहरु उनलाई प्रधानमन्त्री बनाउन तयार भएनन् । १९९८ मा  पवारले काँग्रेस छोडे । उनीसँग दुई जना नेता बाहिर निस्के । ’

पवार एक सक्षम नेता थिए । तर उनेले कहिल्यै प्रधानमन्त्री नबन्नेगरी आफैले धेरै बर्ष पहिला नै बाटो काँडा विछ्याएका थिए । पछि ती काँडा उनलाई नै बिजे ।  पवार र विश्वसनीयता काँग्रेसकोलागि पूर्व पश्चिम जस्तो नै भए । जसको मेल सम्भव हुँदैन । 

कुमार केतन भन्छन्, ‘संकटकाल पछि जनता पार्टीको सरकार आयो त्यो समयमा भारतीय जनसंघ (त्यो समयमा भारतीय जनता पार्टी बनेको थिएन ) सोशलिस्ट, ती सबै जुन काँग्रेसको विरुद्धमा थिए उनीसंग महाराष्ट्रमा एक प्रोग्रेसिव डेमोक्रेटिक फ्रन्ट बनाएर सरकार बनाए । यो सन् १९७८ को कुरा हो । त्यो समयमा उनले काँग्रेस एस नाम गरेको पार्टी नै खोलेका थिए ।

त्यो समयमा शरद पवारले इन्दिरा गान्धीको जमेर आलोचना गरेका थिए । सन् १९८६ मा पवारले सम्मपूर्ण आलोचना छोडेर राजीव गान्धीको हात समातेका थिए । उनले काँग्रेस भित्र आफ्नो चलाखीपन फेरी सुरु गरे ।

‘१९८८ मा जब राजीव गान्धी प्रधानमन्त्री भए, शरद पवार महाराष्ट्रका मुख्यमन्त्री भए । तर १९८९ मा विपि सिंहको सरकार बन्दा पवारले उनीसँग गोप्य वार्ता सुरु गयो, यसको कारण थियो विपी सिंह राजीव गान्धीलाई आफ्नो सबै भन्दा ठूलो दुश्मन मान्थे । ’

१९९१मा राजीव गान्धीको हत्या भएपछि पवार सोनिया गान्धीकोमा गए र अध्यक्ष बन्न आग्रह गरे । त्यही पवार जसले १९९९ मा सोनिया गान्धीलाई विदेशी भनेर पार्टी छोडेका थिए र नयाँ पार्टी बनाएका थिए ।’

ज्योति वासु र ऐतिहासिल भूल
अब कुरा माक्र्सवादी कम्युनिष्ट पार्टीका ती राजनेताको हो । जो पश्चिम बंगालमा २३ बर्ष सम्म मुख्यमन्त्री भए । उनको बारेमा १९९६मा संसदीय चुनावभन्दा पहिला नै चर्चा हुन थालेको थियो कि एक दिन भारतका प्रधानमन्त्री बन्ने छन् भनेर । तर यस्तो भएन जसलाई स्वयं ज्योति बसुले ऐतिहासिक भूल भनेका थिए । 

सीपीआइएम का केन्द्रीय सदस्य जोगेन्द्र शर्मा भन्छन्‘ज्योति बसु प्रधानमन्त्री पदका दाबेदार थिएनन । तर उनलाई यो अफर अवश्य आएको थियो ।

‘गैर भाजपा र गैर काँग्रेस यो अवस्थामा आएका थिए कि काँग्रेसको समर्थनमा उनको सरकार बन्न सक्थ्यो । यस्तो गठबन्धन कसले चलाउन सक्थ्यो, यसमा चर्चा हुदा ज्योति बसुको नाम आयो । जसले दलगत स्वार्थभन्दा माथि उठेर जनहितमा गठबन्धलाई चलाइ राख्नसक्नु हुन्थ्यो ।’

हामी सायद चुक्यौँ
गठबन्धनमा शामिल कुनैपनि दलको ज्योती बसुको नाममा आपत्ति थिएन । तर बसु प्रधानमन्त्री बन्न सकेनन् । जोगेन्द्र शर्मा यसको कारण भन्छन्, ‘१९९६ को कुरा हो । केन्द्रीय समितिको बैठकमा जब हामी चर्चा गरिरहेका थियौँ, त्यो समयमा हाम्रो अगाडि पार्टीको विधानको हिसावले कुन शर्तको आधारमा सरकारमा जाने अथवा नजाने ।’

‘गुण दोषको चर्चा हुदा चार जनाको बहुमतले निणर्य ग¥यो कि हामी यो सरकारमा शामिल न हुने । तर महासचिव सुरजित यसको विक्षमा थिए । उनले धेरै मेहनत गरेका थिए । तर, उनले समर्थन पाएनन् । निर्णय भयो सरकारमा नजाने । सरकारको समर्थन बाहिरबाट ग¥यौँ । बसुले चाहेनन् कि केन्द्रीय समितिको निर्णय बदल्नु पर्छ ।’

सीपीआइएममा यो निर्णयको बारेमा धेरै बहस पनि भयो । भएका निर्णयमा फर्केर हेर्ने हो भने त्या समयमा विरोध गर्ने साथीहरु आज मान्छन् कि हामी सायद त्यो समयमा चुक्यौ । बसुले भने यो निणर्य स्वीकारेका थिए । तर, उनले पनि यसलाई ‘हिमालयन मिस्टेक’ माने । अहिलेपनि पार्टीमा उनका धेरै साथी यस्तै मान्छन् ।

काँग्रेसका वफादारमाथि शत्रुको भरमार
काँग्रेसको राजनीतिमा चाणक्य मानिने मध्य प्रदेशका मुख्यमन्त्री ,राजीव गान्धीको समयमा काँग्रेसका उपाध्यक्ष र उग्रवादको समयमा पञ्जावको राज्यपाल थिए । अर्जुन सिंहलाई पनि भारतको प्रधानमन्त्रीको दावेदार मानिन्थे । 

वरिष्ठ पत्रकार एनके सिंह भन्छन् ‘दुई अवसर आए अर्जुन सिंह जब भारतको प्रधानमन्त्री बन्न सक्ने अवस्था थियो । पहिलो समयमा नरसिम्हा राव प्रधानमन्त्री बनाइए । त्यो समयमा काँग्रेस पार्टीमा अर्जुन सिंहको पनि चर्चा थियो । त्यो सममया राव लगभग रिटार्यड भएका थिए । तर पार्टीले उनलाई धोइ पखाली प्रधानमन्त्री बनायो । अर्जुन सिंह हेरेका हेरै भए । 

दोस्रो मौका २००४ मा आयो जब सोनिया गान्धीले प्रधानमन्त्री बन्दैन भनिन् । त्यो समयमा पनि अर्जुन सिंहको ठाउँमा मनमोहन सिंहले बाजी मारे । त्यसपछि दुबै सिंहहरुमा धेरै मतभेद भयो । 

काँग्रेस पार्टीमा लगभग १५ बर्षसम्म प्रधानमन्त्रीको कुर्सीका दाबेदार अर्जुन सिंह लाखौँ कोशिस गर्दा पनि प्रधानमन्त्री बन्न सकेनन् । 

पत्रकार सिंह भन्छन्, ‘सबैभन्दा ठूलो कारण हो अर्जुन सिंह ती पुराना काँग्रेसीमा पर्थे जो समाजवादमा विश्वास गर्थे । देशमा आर्थिक सुधार जुन तरिकाले हुँदै थियो त्यसको विरुद्ध थिए । समय समयमा आफ्नो विरोध काँग्रेस नेतृत्वसँग गर्थे । जब कि पुरा पार्टी अर्को तर्फ जाँदै थियो ।’

अर्को कारण थियो काँग्रेस नेताहरुसँग अर्जुन सिंहको व्यक्तिगत सम्बन्ध बिग्रेको थियो । पार्टीमा उनका अनुयायी थिए तर समर्थक थिएनन् । सोनिया गान्धीलाई पहिला नरसिंहा राव मन परे । त्यसपछि मनमोहन मनपरे । हजारौँ कोसिस गर्दा पनि अर्जुन सिंह प्रधानमन्त्री बन्न सकेनन् । 

जब सोनियाले सुनिन् अन्तरआत्माको आवाज
किगमेकर हुनु एउटा कुरा हो किंग बन्नु अर्को कुरा हो । सोनिया गान्धीको लागि यो कुरा भन्न सकिन्छ । अरुलाई प्रधानमन्त्री बनाइन् तर आफु प्रधानमन्त्री बनिनन् । 
गान्धीले अन्र्तआत्माको आवाज भन्दै प्रधानमन्त्री पद अस्वीकार गरिन् । उता भाजपाकी नेतृ सुषमा स्वराज सोनिया प्रधानमन्त्री बने कपाल काट्न तयार थिइन् । भाजपा सडकमा प्रर्दशन गर्न तयार थियो । 

पत्रकार नीरजा चौधरी भन्छिन्, ‘२००३ को अन्त्यतिर कयौँ राज्यमा चुनाव भयो । त्यहाँ काँग्रेसले नराम्रोसँग हा¥यो । आशंका थियो कि २००४को चुनावमा अझ सानो हुने छ । काँग्रेसमा धेरै निराशा थियो । यहि समयमा गान्धी उत्तर भारतका विभिन्न ठाउँमा रोड शो गरिन ।’

गान्धीले काँग्रेसको रणनीति नै बदलेकी थिइन् । यसअघि काँग्रेसको रणनीति थियोे एक्लै चुनाव लड्ने र सरकारका बनाउने । उनी गठबन्धनको लागि रामविलास पासवानको घर गइन् । अन्य विपक्षीका नेताहरुसँग पनि भेटेर गठबन्धनमा ल्याइन् । यूपिए गठबन्धनको बिउ गान्धीले नै रोपेकी थिइन् । २००४ मा शाइनिङ इन्डियाको माहौलमा काँग्रेसले जित्नुमा गान्धीको उपलब्धि मानियो । जब प्रधानमन्त्रीको कुरा आयो त गान्धी स्वभाविक दाबेदार थिइन् ।’

के विदेशी भएको मुद्दामा भारतीय जनता पार्टीको आक्रामक तयारीको कारणले गान्धीले प्रधानमन्त्री नबन्ने फैसला गरेकी थिइन् वा यसको पछि केहि अन्य कारण हो । 

नीरजा चौधरी भन्छन्, ‘जे नटवर सिंहले लेखेका छन्, केही अन्यले भनेका छन् र प्रताप सिंहले मर्नुभन्दा पहिला मलाई भनेका थिए कि हामी सबै तयार थियौ तर उनका छोराछोरीहरुले मानेनन् । जुन हिंसाले इन्दिरा गान्धीको ज्यान लियो, राजीवको ज्यान लियो त्यसकारण सेक्युरिटी रिस्क हुने छ । यो कारण पनि एक हो ।  अर्को उनलाई लागेको हुन सक्छ कि उनका छोराछोरीको भविश्य सकिने छ किनकि विदेशी मुलका भनेर उनलाई जिम्मेवार सम्झने छन् ।’

संघका प्रीय आडवानी
भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणी पनि प्रधानमन्त्रीका दाबेदार थिए । उनले पाकिस्तान गएर जिन्नाको मजारमा गएर उनको प्रसंसा गरेका थिए ।यहि कारण संघ र पार्टीका नेताको आलोचनाका पात्र बने । 

२० मई २०१४ मा संसदको केन्द्रीय कक्षमा जब लालकृष्ण आडवाणीले प्रधानमन्त्रीको लागि नरेन्द्र मोदीको नामको प्रस्ताव संसदीय दलको अगाडि राखे उनको अनुहार हेर्न लायकको थियो । 

पत्रकार अजय सिंह भन्छन्, ‘कुरा सुरु हुन्छ नब्बेको दशकबाट । जब राम जन्मभूमिको आन्दोलन शुरु भयो । विपी सिंहकोल सरकार आयो, उनले रथयात्रा निकाले । त्यो रथयात्राबाट आडवाणीको छवि बन्यो । त्यो राष्ट्रव्यापी थियो । त्यो समयमा भाजपाका सबैभन्दा ठूला नेता थिए अटल विहारी वाजपेयी । तर आडवाणीको छवि पनि कम थिएन । 

कहिले काँहि त वाजपेयी पनि आडवाणीको अगाडि साना लाग्थे । मान्छेहरु आडवाणीलाई मन पराउथे । भाजपाको गोवा बैठकमा आडवाणीलाई भावी प्रधानमन्त्रीका दाबेदार घोषणा ग¥यो । त्यो समयमा आडवाणी शीर्षस्थ नेता थिए । उनले चाहेको भए प्रधानमन्त्री बन्न सक्थे । किन कि त्यो समयमा संघ र भाजपामा उनका वर्चश्व थियो ।’

आडवाणी प्रधानमन्त्री बन्न चाहन्थे उनको यो मनको कुरा भाजपामा सबैलाई थाह छ । तर आडवाणीको अगाडि वाजपेयी उभिए । तर आडवाणी भारत जस्तो देशकोलागि उनी भन्दा राम्रा थिए । 

अजय सिंहका अनुसार २००२–०३ मा वाजपेयीले आफ्नो घरका कार्यक्रममा भनेका थिए नो टायर्ड ना रिटायर्ड,आडवाणीको नेतृत्वमा विजय तर्फको प्रस्थान थियो । यो धेरै ठूलो भनाइ थियो कि आडवाणी अचम्म परे । त्यो सममया आडवाणी प्रधानमन्त्री बनाउने कोशिस हुदै थियो । वाजपेयीको स्वास्थ्यपनि बिग्रदै गएको थियो । तर यस्तो केहि भएन । २००४मा चुनाव हारेपछि आडवाणी लोकसभामा विपक्षीका नेता बने । पार्टी अध्यक्ष पनि थिए । वाजपेयी कुनै पदमा थिएनन् । 

२०१४ मा लोकसभा चुनाव सम्भवत त्यो अन्तिम मौका थियो । त्यो पछि आडवाणीलाई प्रधानमन्त्री बन्ने कुरा सोच्न बन्द भयो होला । 

लालकृष्ण आडवाणी, सोनिया गान्धी,अर्जुन सिंह,ज्योति बसु,शरद पवार र प्रणव मुखर्जी भारतीय राजनीतिका ती अनुहार हुन जुन अनुहार खिच्न फोटोग्राफर तछाडमछाड गर्थे । तर समयले उनका दिन त्यस्ता आए जसको उनले कहिल्यै कल्पना गरेका थिएनन होला । सायद यसैलाई भन्छन् राजनीति । 

विविसीबाट

२०७४ पौष १३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत