खेलकुद

२ गोलको साथ बार्सिलोनाको अग्रता

म्याड्रिड – ला लिगा अन्तर्गत एल क्लासिकोमा बार्सिलोनाले २ गोलको साथ अग्रता लिएको छ । पहिलो हल्फ़ बराबरीमा सकिएपछि दोस्रो हाफमा ५४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

राकिटिकले सुरु गरेको आक्रमणमा सर्जियो रोबर्टोलाई दाँयामा पास दिएपछि उनले बाँयाबाट दौडेको स्वारेजलाई पास गरे । स्वारेजले रियलको बक्सको बाँयाबाट प्रहार गर्दै अग्रता दिलाए ।

२०७४ पौष ८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत