बजार

२४ लाखमा बन्छ यस्तो राम्रो घर!

हरेक मान्छेको जीवनमा एक पटक आफ्नो एउटा राम्रो र शानदार घरमा बस्ने इच्छा हुन्छ । तर जो कोहीले त्यो इच्छालाई इच्छामै सिमित गर्नुपरेको छ । किनकी नेपालका हरेक मुख्य बजारहरुमा जग्गा र राम्रो घरको मुल्य जोड्दा करिब करिब २ करोड भन्दा माथी पर्न आँउछ । त्यसैले यो सबैको बसमा पर्न अत्यान्तै गाहे छ ।

तर नेपालमा भुकम्प पछि नेपालहिरुको सोचमा केही परिवर्तन आएको छ । र उनीहरुले महंगो घरमा भन्दा प्रिफ्याब र बाँसहरुवाट बनेको घरलाई पनि प्राथमिकतामा राख्न थालेको पाइन्छ ।यस्तै बदलिएको सोचलाई केहि युवाहरु मिलेर नयाँ व्यबसाय शुरु गरेका छन् ।

युवा इन्जिनियरहरुले सुरु गरेको मेरोघर नामक व्यवसायले सस्तोमा सुलभ र राम्रो अनि अत्यन्तै बदियो घर निमार्ण गर्नेछन् । यदी तपाँइले तीन हजार रुपैँया वर्गफिट को लागि दिनु भयो भने तपाँइले सोचे जस्तो घर पाउनुहुनेछ ।

घर बनाउदाँ हुने अनेक किसमका झन्झट अर्थात नक्सा कोर्ने, पास गर्ने, निमार्ण समाग्री जुटाउने, आदी सबै काम मेरोघर बनाउनेको रहनेछ ।गुणस्तरमा कुने पनि सम्झौता नगरीकन उनीहरुले घरधनिलाई घर जिम्मा लगाउनेछन् ।

यस्तो घर बनाउँदा ८०० स्क्वायर फिटमा एकतले घर बनाउन दिनेहो भने २४ लाख रुपैयाँ लागत पर्छ । किचन, भर्याङ, ट्वाईलेट वाथरुम, डाईनिङ् हल र बेडरुम सहितको घर बनाउन सकिने बताइएको छ ।यदी तपाँइ पनि राम्रो घर सस्तो मुल्यमा बनाउन चाहानुहुन्छ भने मेरोघरका युवाहरुलाई सम्झिन सक्नुहुन्छ ।

२०७४ पौष ३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत