खेलकुद

एसिसि यु १६ पूर्व क्षेत्रिय क्रिकेट च्याम्पियनसिपको उपाधि नेपाललाई

नेपालले थाइल्याण्डमा जारी एसिसि यु १६ पूर्व क्षेत्रिय क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ।
आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि रक्षा गरेको हो।
थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१।५ ओभरमा सबै विकेट गुमाउँदै ११२ रन मात्र बनाउन सक्यो। उसका लागि साहीहर्स भनुगोपालले सर्वाधिक ३१ रन बनाए। इसान सानेलाई १२, राउल शर्माले १५ रन बनाए। उनीबाहेक अरूले खासै राम्रो खेलन सकेनन्।
नेपालका लागि सूर्य तामाङ र अजयकुमार लोहियाले समान ३(३ विकेट लिए। थप विकेट नारायण जोशी र कुशल मल्लले लिए।
यसअघि कमजोर सुरुवात गरेको नेपालले तीन रन हुँदा पहिलो विकेट गुमाएको थियो। ओपनर कुशल मल्ल शून्य रनमा आउट भए भने त्यसपछि २१ रन हुँदा राजन मगर आउट भए।
तेस्रो नम्वरमा ब्याटिङ गर्न आएका सुवास ऐयरले विशाल बियक्रम केसीसँग राम्रो साझेदारी गर्दै टिमलाई केही राम्रो गरे।

२२ रनमा उनी आउट भएपछि नेपालले ४० रनमा तेस्रो विकेट गुमायो। नेपालले स्कोर बोर्डमा थप २२ रन जोड्दा चौथो विकेट झर्यो। नेपालका त्रितराज दाश ब्यक्तिगत १९ रनमा आउट भए।
पाँचौ विकेटका लागि विशाल केसी र सुनिल भण्डारीले ४२ रनको साझेदारी गरेप५ नेपालले मध्यम स्कोर बनाउन सक्यो। सुनिलले १५ रन बनाए भने छैटौं विकेटका लागि कप्तान विशालले नारायण जोशीसँग ४८ रनको साझेदारी गरे।

बिशालले ६३ रन बनाएका थिए। नारायणले अविजीत ४६ रन बनाएका थिए।
एनएसीबाट बूढानीलकण्ठ जान लागेकी राधिका सापकोटा बस कहाँ पाइन्छरु भन्ने’bout सूचनापाटी नराख्दा अन्योलमा परेको गुनासो गर्छिन्। ‘लाइन त बस्ने भनियो, कुन रुटको गाडी कुन ठाउँमा पाइन्छरु भन्ने’bout हामीले कसरी थाहा पाउनू’, उनले भने।
यी केवल प्रतिनिधि पात्र मात्र हुन् । धेरै यात्रु सवारीमा हुने दैनिक धकेलाधकेलका कारण हिँडेर भए पनि गन्तव्यस्थलमा जान बाध्य छन्। केही महिना अगाडि मात्र काठमाडौं खरीबोट– वनस्थली हुँदै रत्नपार्क चल्ने सवारी साधनले यात्रुलाई लाममा बसेर सवारी चढ्ने व्यवस्था मिलाएको थियो। उक्त कार्यक्रम अहिले पनि सञ्चालनमै छ ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनाल यात्रुले सवारी चढ्दा भोग्नुपरेको दुःखकष्टमा कमी ल्याउन महाशाखाले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिन्छन्। ‘यात्रु दुःख पाएर सवारीमा जानुभन्दा एकछिन संयम भएर सवारीमा सुरक्षित गन्तव्यस्थलसम्म पुग्नका लागि हामीले यो कार्यक्रम चलाएका हौँ’, उनले भने।

महाशाखाले सो अभियान एक हप्तासम्म प्रत्येक दिन बिहान–बेलुका कार्यालय सञ्चालन हुने समयमा चलाउने छ । सुरूको समयमा अभियान सञ्चालनमा केही समस्या परे पनि विस्तारै बानी पर्दै जाने महाशाखाले विश्वास लिएको छ । मर्यादित र व्यवस्थित ट्राफिक होस् भन्ने चाहना महाशाखाको रहेको उनको भनाइ छ।
सो अभियानलाई सहयोग पुर्याउन महाशाखाले स्काउट र स्वयम्सेवकसमेत परिचालन गर्नेछ। नयाँ सडकको प्रवेशद्वार एनएसीबाट मात्र काठमाडौं उपत्यकाका ८६ स्थानमा जाने सवारी पाइन्छ। उक्त स्थानमा अभियान सञ्चालन गरे धेरै ठाउँमा सहयोग पुग्ने विश्वास महाशाखाको छ।

२०७४ पौष २ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत