समाज

काठमाडौंमा कोठा भाडामा लिई यौनधन्दामा संलग्न १६ जना समातिए कुन कुन ठाउँबाट समातिए ?

यौनधन्दामा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंको जोरपाटी र नयाँबस्तीबाट १६ जनालाई पक्राउ गरेको छ ।

जोरपाटी र नयाँबस्ती क्षेत्रमा गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने दोलखा शैलुङ–३ का ४० वर्षीय निमा तामाङ र नारायणटार बस्ने ओखलढुङगाको बिलन्द–१ का ३३ वर्षीय कुमार केसीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

छुट्टाछुट्टै स्थानमा घर भाडामा लिई बेश्याबृत्ति तथा यौनधन्दा जस्ता अनैतिक कार्य गर्ने गराउने गरेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त बौद्धबाट खटी गएको प्रहरीले दुवै संचालक, यौनधन्दामा संलग्न ८ युवती र ६ पुरुष ग्राहकसमेत गरी १६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ

२०७४ पौष २ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत