स्वास्थ्य/जीवनशैली

सुपादेउराली माइको दर्शन गरौ, राशिफल: मंसिर २९ गते शुक्रबार / डिसेम्बर १५ तारीख

आज श्री शाके १९३९ बि.स. २०७४ साल मार्गशिर्ष २९ गते शुक्रबार इश्वी सन २०१७ डिसेम्बर १५ तारीख पौष कृष्ण पक्ष त्रयोदशी तिथी चन्द्रमा तुला राशिमा सुर्य दक्षीणायन हेमन्त ऋतु प्रदोषव्रत मार्ग मसान्त – ज्यो.पं. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बिलासीताका सामानको प्रयोगमा समय ब्यतित रहनेछ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय को क्षेत्रमा मध्यम दिन रहेको छ । तपाईले कसैमाथी गरेको बिश्वासमा बिश्वसघात हुन सक्छ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । प्रिय ब्यक्ति को भेटले मन प्रशन्न रहला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला प्रतिस्पर्दाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहनेछ । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । प्रिय खबर द्वारा मन प्रशन्न रहला । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन् । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि आई पर्न सक्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

यात्रा मनोरन्जन पुर्ण रहनाले मन प्रशन्न रहला । शारिरिक आलस्यता ले सताउने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बाणिमा मधुरता छाउनेछ । नयाँ कामको थालनिले मन प्रशन्न रहनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन् ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रिय खबरले मन प्रशन्न रहनेछ । सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । यात्रा सामान्य झन्झटमय रहन सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला ।

२०७४ पौष २ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत