प्रवास

तिहार कार्यक्रम इजरायलबाट संकलन भएको १ लाख रुपैया मिर्गौला पीडित कलाकार गुरुङलाई हस्तान्तरण ।

इजरायल | गत अक्टोबर २०, २०१७ शुक्रवार इजरायलमा आयोजना भएको तिहार सांगीतिक सांझ २०७४ को कार्यक्रमबाट संकलन भएको नेपाली १ लाख रुपैया दुवै मिर्गौला पीडित वरिष्ठ संगितकार तथा गायक पुर्ण गुरुङलाई अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायलले वहाको घरमै गएर हस्तान्तरण गरेको छ ।

उक्त सहयोग रकम हस्तान्तरण कलाकार मन्चको तर्फबाट इजरायलबाट फर्कनु भएका नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाका केन्द्रीय अध्यक्ष राम शरण बानिया लगायतको टिमले गुरुङको घरमै गएर गर्नु भएको थियो ।

 

पश्चिम भैरहवामा जन्मेका कुशल गायक तथा एरेन्जेर पुर्ण गुरुङको मृगौला फेरेको ९ बर्ष पछि पुनः मृगौलामा समस्या देखिएपछि केहि महिना भन्दा बढि समय देखि गुरुङ उपचाररत रहनु भएको छ ।

गुरुङकी पत्नीका अनुसार उपचारका लागि आर्थिक अभाव खड्किए पछि उनको उपचारका लागि देश तथा विदेशमा रहेका नेपाली तथा नेपाली संघ सस्थाहरुबाट सहयोग अभियान संचालन गरेर सहयोग जुटाई राखेका छन् ।

२०७४ मंसिर २८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत

सम्बन्धित शीर्षकहरु