सूचना प्रबिधि

१५ हजार डलर नाघ्यो बिटक्वाइनको भाउ

संसारको सबैभन्दा बहुमूल्य क्रिप्टो करेन्सी बनेको बिटक्वाइनको मूल्य १५ हजार डलर पार भएको छ। बुधबार मात्रै १२ हजार डलर नाघेको बिट्क्वाइनले २४ घण्टा बित्न नपाउँदै हालसम्मकै उच्च मूल्य प्राप्त गरेको हो।

बिहीबार अपरान्ह एक बिटक्वाइनको मूल्य १५ हजार ४ सय डलर पुगेको छ।

गत साता १० हजार र ११ हजार डलरको खुड्किलो पार गरेको थियो।

विश्वका थुप्रै देशमा प्रतिबन्धित बिटक्वाइनले विश्लेषकहरुको चेतावनीका बाबजूद सफलता हात पारिरहेको छ। एजेन्सी

२०७४ मंसिर २१ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत