राजनीति

मतपत्रमा अधिकृतको हस्ताक्षर नभएको विषयमा अर्घाखाँचीको एक केन्द्रमा तोडफोड

२१ मंसिर, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मथुरा माविको (ख) केन्द्रमा तोडफोड भएको छ। केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको विषयमा विवाद भएपछि तोडफोड भएको हो।

मतदाताले लिएको मतपत्रमा मतदान अधिकृत सुरेन्द्रराज अधिकारीको हस्ताक्षर नभएको पाएपछि आक्रोशित मतदाताले मतदान स्थलमा रहेका डेक्स बेन्च र सामाग्रीहरु तोडफोड गरेका हुन्। उनीहरुले मतपत्र पनि च्यातेका छन्।

तोडफोडपछि मतदान रोकिएको छ। मतदान पुन सुरु गर्ने विषयमा छलफल भइरहेको छ।

सो विवादको समाधान गर्न अर्घाखाँचीका मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेल र प्रजिअ खिमराज भुषाल केन्द्रमा जाँदै गरेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।

 

२०७४ मंसिर २१ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत