राजनीति

गगन थापामाथि बम आक्रमण भएपछि के भने रविन्द्र मिश्रले ?

काठमाडौं, मंसिर १८-काठमाडौंको चपलीमा कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरी बम विस्फोट भएको छ । विस्फोटमा परि थापाको ढाड र कानमा चोट लागेको थियो ।
यसैबीच विवेकशील साझाका संयोजक रविन्द्र मिश्रले थापालाई आक्रमण गर्नेलाई काँतरहरुको संज्ञा दिएका छन् ।

उनले भनेका छन्, काँतरहरूले संसारमा सधैं कहिल्यै पनि जित्न सक्दैनन्, गगन थापालाई आक्रमण गर्ने काँतरहरूमाथि कडा कारवाही होस्।

उनले चोट लागेका सबैको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।उनले सामाजिक सञ्जाल मार्फत उक्त कुरा भनेका हुन् ।

२०७४ मंसिर १८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत