समाज

हंसपुरमा १६ बर्ष देखि दामलोले बाधेर राखिएको एक युवालाइ बिपिन फार्मेसी द्वरा निशुल्क: उपचार !

 

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड न -६ साबिक मेहेलपोखरी लम्धारा निवासी छारेरोग पीडित बिष्णु बहादुर थापाको आज मिति १६ गते सनिवारको दिन सन्धिखर्क चुत्राबेसीको आकासे पुल नजिकै रहेको बिपिन फार्मेसीमा नशा तथा मनोरोग विशेषज्ञ एवं भैरहवा मेडिकक कलेजका अबुभवी मनोरोग विशेषज्ञ डा.सन्दिप सुवेदी (एम.बि.बि.एस.)(टि.यु) एम.डि सायाक्ट्री (associate professor ,UCMC TH भैरहवा ) द्वारा निशुल्क : चेक जाँच उपचार भएको छ ! छारेरोग बिष्णु बहादुर थापाको निशुल्क : चेक जाच उपचार बिपिन फार्मेसी र भैरहवा मेडिकल कलेजका नशा तथा मनोरोग विशेषज्ञ डा .सन्दिप सुवेदी बाट भएको हो !

छारेरोग थापालाई बिपिन फसर्मेसिका संचालक एवं समाजसेवि युवा सुर्य बहादुर थापा द्वारा निशुल्क: चेक जाँच र साथमा १ महिनाको लागि निशुल्क: औषधि प्रधान गर्नु भएको छ !

नशा तथा मनोरोग डा .सन्दिप सुवेदीको भनाइ अनुसार छारेरोग बिष्णुलाई एक महिनाको औषधि चलाइएको र उनलाइ प्रत्येक दिन नियमित ढंगले औषधि खुवाएमा उनको छारेरोग ठिक हुन सक्ने उनको भनाइ छ! डा.सन्दिप सुवेदीले रोगिको चेक जाँच पछिको सल्लाह सुझाव अनुसार उनलाइ प्रत्येक दिन नियमित औषधि खुवाउने र १६ बर्ष देखि दाम्लाले बाधिएका हात खुट्टा अब देखि बाध्न नपर्ने सकभर उनलाइ वरपरका ठाउँमा घुमाउने बानी बसाल्ने साथमा औषधिको कारण पनि उनको रोगमा धेरै सुधार आउने छ भनेर डा .सुवेदी बताउनुहुन्छ ! येसरी निशुल्क: उपचार (चेक जाच )र निशुल्क:औषधि प्रधान गर्नुहुने बिपिन फार्मेसीका संचालक सुर्य बहादुर थापा, अन्जु थापा र डा.सन्दिप सुबेदिलाइ पीडितकि आमाले धन्यवाद ज्ञापन गरेकी थिइन !

२०७४ मंसिर १६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत

सम्बन्धित शीर्षकहरु