देश

काठमाडौंबाट छुटेको माइक्रोबस मोटरसाइकल जोगाउन खोज्दा भीरबाट खस्यो

काठमाडौं,मंसिर १५ – काठमाडौंबाट गाइघाट जाँदै गरेको माइक्रो बससिन्धुलीको फिटिङ दोभानमा दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा बा ३ ख ८४६७ नम्बरको माइक्रो बसमा रहेका १६ जना यात्रु घाइते भएका छन् । उद्दारका लागि घटनास्थलमा प्रहरी परिचालन भएको छ ।

विपरित दिशाबाट आएको मोटरसाइकललार्इ जोगाउन खोज्दा माइक्रो बस र मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए । माइक्रो सडकबाट २५ मिटर तल खोला किनारमा खसेको थियो ।

२०७४ मंसिर १५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत