देश

काठमाडौंबाट अर्घाखाँची आउँदै गरेको बस त्रिशुलीमा खस्यो- ६ जनाको मृत्यु, १० जना घाइते

 

काठमाडौँ । काठमाडौँबाट अर्घाखाँचीतर्फ जाँदै गरेको बस त्रिशुली नदीमा खसेको छ ।

लु २ ख २९१ नम्बरको यात्रुवाहक वस फिस्लिङ नजिकै रहेको चुम्लिङटारमा बिहान ९ बजे आसपास दुर्घटनाग्रस्त बनेको हो ।

घटनामा ६ जनाको मृत्यु भएको बताइएको छ भने १० जनाको उद्धार भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

प्रहरीको टोली अहिले उद्धारका लागि घटनास्थल पुगेको छ ।

बाँकी विवरण आउन बाँकी रहेको छ ।

२०७४ मंसिर १२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत