समाचार

लगनखेल बस पार्कमा बम विस्फोट, विस्फोट पछि ओलीले भने-कसलाई तर्साउन बम पड्काएको ?

ललितपुर, मंसिर १२ लगनखेल बस पार्कमा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई लक्षित गरेर बम विस्फोट भएका छन् ।

सभा स्थलबाट करिब ५ सय मिटरको दुरीमा रहेको नमुना मछिन्द्र माध्यामिक विद्यालय नजिकै बम विस्फोट भएको हो ।

मंगलबार दिउँसो गठबन्धनले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधन शुरु गर्ना साथ विस्फोटको ठूलो आवाज आएको थियो ।

घटनामा मानवीय क्षति भने भएन । बम विस्फोट भएपछि पनि ओलीले आफ्नो सम्बोधनलाई जारी राख्दै बम विस्फोट गराउनेहरु प्रति कडा कटाक्ष गरे ।

ओलीले भने, ‘कसलाई तर्साउन बम पड्काएको रु हिजो मेरो घरमा बम पड्कायौ, आज लालबाबुलाई लक्षित गरेर बम पड्कायौ ।’

जनताले आफ्ना प्रतिनिधिहरु छान्न निर्वाचनमा भाग लिन खोज्दा किन बम विस्फोट गराउन परेको भन्ने आफूले बुझ्न नसकेको ओली बताए ।

२०७४ मंसिर १२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत