बैँक / वित्त

शहरी विकासका लागि १५ अर्व ४० करोड सहयोग सम्झौता

मंसिर ११, काठमाडौं–एसियाली विकास बैकले विभिन्न आठवटा नगरपालिकाको शहरी विकासका लागि १५ अर्ब ४० करोड नेपाली रुपैयाँ ऋण सहायता गर्ने भएको छ ।

विरगञ्ज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भिमदत्त, धनगढी , गोदावरी र शुक्लाफाँटा नगरपालिकाको शहरी विकासका लागि सो बैकले ऋण सहायता उपलब्ध गराउन लागेको हो ।


अर्थमन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा अर्थमन्त्रालयका सचिव शंकर प्रसाद अधिकारी र एसियाली विकास बैकका नेपाल प्रमुख मुख्तोर खामुदखानोभले ऋण सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


एसियाली विकास बैकले उपलब्ध गराउने ऋण सहायता रकमको आठ बर्ष सम्म सयकडा १ प्रतिशत र त्यसपछि १ दशमलब ५ प्रतिशत व्याज नेपालले तिर्नुपर्नेछ ।

मुख्य गरि यो आयोजना लागु हुने नगरपालिकाहरुमा आवश्यकता अनुसार बाढी नियन्त्रण र रोकथामका संरचना, २ सय किलोमिटर बढी ढल निकास, २ सय ४० किलोमिटर सडक निर्माण, ४० किलोमिटर फुटपाथ, ४ वटा ल्याण्डफिल्ड साईट बन्ने अर्थ सचिव शंकर प्रसार अधिकारीले जानकारी दिए ।


दिगो शहरी विकासका लागि उपलब्ध गराउने भनिएको ऋण सहायताले नगरपालिकाको क्षमता अभिवृद्धि र जलवायु परिर्वतनसंग अनुकुलन हुने कार्यक्रम समेत गरिने छ । यो आयोजना शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा रहेर ३१ डिसेम्बर २०२२ भित्र सम्पन्न गरिने सम्झौतापत्रमा उल्लेख छ ।

२०७४ मंसिर ११ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत