फिचर

विवाह बन्धनमा बाँधिदै राजकुमार ह्यारी

लण्डन, मंसिर ११- बेलायती राजकुमार ह्यारी आफ्नो अमेरिकी प्रेमिका मेगन मार्केलसँग विवाह बन्धनमा बाँधिने भएका छन् । पिता राजकुमार चाल्र्सले उनको विवाहको पुष्टि गरेका हुन् ।

राजगद्दीको उत्तराधिकारीमा पाँचौ स्थानमा रहेका ह्यारीले आगामी मार्च वा जुन महिनामा विवाह गर्ने बताइएको छ । विवाह पश्चात उनीहरु लण्डनमा रहेको केन्सिङटन दरवारको नटिङहम कटेजमा बस्नेछन् ।

सन् २०१६ देखि एक अर्कालाई डेटिङ गरिरहेका जोडीले केही हप्ताअघि मंगनी गरेका थिए ।

जारी गरेको वक्तव्यमा राजकुमार ह्यारीले इन्गेजमेन्टको खबर सुनाउँदा आफू निकै खुसी भएको र मार्केलको आमाबाबुबाट आर्शिवाद पनि पाइसकेको बताएका छन् ।

गोप्य समारोहबीच लण्डनमा गरिएको इन्गेजमेन्टको बारेमा रानी एलिजाबेथ र परिवारका निकट सदस्यहरुलाई मात्र थाहा दिइएको थियो ।

प्रिन्स अफ वेल्स र डचेज अफ कर्नवालको आधिकारिक निवास क्लारेन्स हाउसले जारी गरेको घोषणामा विवाहबारे थप जानकारी विस्तारै दिइने बताइएको छ ।

राजकुमार विलियम र क्याथरिनले ह्यारी र मेघनका लागि निकै खुसी भएको प्रतिक्रिया दिएका छन् ।

ह्यारी र मेगन गत सेप्टेम्बरमा सार्वजनिकरुपमा पहिलो पटक सँगै देखिएका थिए ।

त्यस्तै, केही समयअघि मेगनले पहिलो पटक भ्यानिटी फेयर पत्रिकासँग कुरा गर्दै ह्यारीसँगको प्रेमको बारेमा खुलासा गरेकी थिइन् ।

२०७४ मंसिर ११ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत