समाज

सन्धिखर्क नगरपालिका वार्ड न -२ को कुरमा बाघको आक्रमण बाट ७ बर्षिय परि दमासे बालिका गम्भीर घाइते !

दु:खद खबर अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न -२ को कुरमा आफ्नो हजुर आमाले बालिकालाइ आफ्नो पिठ्युँमा बोकेर ओल्लो घर वाट पल्लो घर तर्फ लैजादै गर्दा मधु दमासेकि ७ बर्षिय छोरी परि दमासे माथी बाघले ३ वटा नङ्ग्रा घाटिमा गाडि आक्रमण गरि गम्भीर घाइते बनाएको छ !

बालिका परि दमासेको जन्म घर चाहिँ सुर्शिङ्ग रहेको र बालिका परि दमासे आफ्नो मावली घर बसेर पढ्दै आएकी र एक साल अघि पनि उनै परि दमासेलाइ बाघले आक्रमण गरि घाइते बनाएको थियो र आजपनि सोही बालिकालाई बाघले आक्रमण गरि गम्भीर घाइते बनाएको छ !

घाइते बालिकालाइ जिल्ला हस्पिटलमा उपचार सम्भव न भये पछि भैरहवा रिफर गरिएको जानकारी आएको छ !

२०७४ मंसिर ९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत