समाचार

ताप्लेजुङमा मतदान केन्द्र भित्रै बम बिस्फोट, स्थिति तनावग्रस्त

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार नजिकै रहेको भानु जन उच्च मावि मतदान केन्द्रमा बम बिस्फोट भएको छ । पहिलो चरणअन्तर्गत आइतवार हुने मतदानका लागि तयारी चलिरहेका बेला मतदान केन्द्रमा बम बिस्फोट भएको हो ।
बम बिस्फोट भएपछि त्यहाँको अवस्था तनावग्रस्त रहेको जनाइएको छ । मतदान केन्द्रलाई नेपाली सेना र नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

जमिनमुनि राखिएको अवस्था प्रेसर–कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिस्फोटबाट कुनै मानवीय र भौतिक क्षति भने भएको छैन । बिस्फोटका कारण मतदान केन्द्रमा रहेका कर्मचारीहरु बाहिर निस्किएका छन् । उच्च सुरक्षा घेरमै रहेको मतदान केन्द्रमा नै बम बिस्फोट भएपछि मतदाताबीच पनि त्रास पैदा भएको छ ।

२०७४ मंसिर ९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत

सम्बन्धित शीर्षकहरु