समाज

सन्धिखर्कको शान्ति बगैचा नजिकै रहेको सडक र सार्वजनिक शौचालयको बिजोग

 अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न -१ सन्धिखर्कको एक मुटु र गहना मानिने शान्तिवगैचाकाे साईडमा रहेकाे सडक र सार्वजनिक साैंचालयकाे वस्तुस्थितिमा अझै कुनै सुधार देखिएन !

समृद्ध अर्घाखाँची बनाउछौ देशकै एउटा नमुना जिल्ला बनाउछौ भनेर चिल्ला गफ र खोक्रा भाषण खोक्ने राजनीतिक दलका नेता लगायत सन्धिखर्क नगरपालिका र नगरमा रह्को सुधार केन्द्रले सदरमुकाममा रहेका सार्वजनिक शौचालय र सड्कलाइ ब्यावस्थित नगर्नु कति सम्मको हेलचेक्राइ मानिन्छ !

अर्घाखाँची जिल्लाको सदरमुकाम मानिने सन्धिखर्क भित्र रहेका भैतिक तथा सार्वजनिक शौचालय शान्ती बगैचाको नजिकै रहेका फोहोरका डब्बा ,दिनहु सडकमा बग्ने ढलको पानीलाई नियन्त्रण गर्ने र येस्लाइ ब्यावस्थित गर्ने जिम्मा कस्को ?खै नगर प्रमुख ,खै उप प्रमुख कहाँ लुप्त अवस्थामा छ नगर सुधारकेन्द्र पटक पटक बजारवासि हरुले नगर प्रमुख र नगर सुधार केन्द्रलाई जानकारी गराउदा पनि अझै सम्म शान्ति बगैंचा वरिपरि रहेका शौचालय ,फोहोरका डब्बा सडकमा बग्ने ढलको पानीको कुनै नियन्त्रण र ब्यावस्थित हुन सकेन !

शान्ति बगैंचा सदरमुकामकै प्रमुख बगैंचा र यात्रुहरु विश्राम गर्ने ठाँउ हो त्यहाँ जिल्लावासी न भयेर स्वदेसी तथा बिदेशी पर्यटकहरुले बगैंचा अवलोकन गर्ने गर्दछ्न तर शान्ति बगैंचामा रहेका सार्वजनिक शौचालय , फोहोरका डब्बा सडकमा बग्ने ढलको फोहोर पानी लाई ब्यावस्थित नगरी कसरी स्वदेसि तथा बिदेशी पर्यटक हरु भित्र्याउनमा येस्ता बिजोगले कसरी टेवा पुर्याउला येस प्रती नगर सुधार केन्द्र र नगरप्रमुखको किन ध्यान जनसकेन शान्ति बगैंचा वरिपरि बस्नुहुने स्थानीय वासीहरु नै अचम्मित परेका छ्न !

 

येस अघि पनि शान्ती बगैंचा वरिपरिको छेत्रमा फोहोर जथाभावी फाल्ने फोहोरका डब्बामा फोहोर भरिएर यात्रुहरुले मुखमा मास्क र हातले नाक छोपेर हिड्नु पर्ने र बाताबरण दुर्गन्धित बनाउने खालका ढलको पानी शहरी सडक तिर छोड्ने प्राविधिहरु पहिले देखि आयिरहेको छ आखिर येस्ता खलका समस्याहरु शान्ति बगैँचा वासिले कतिदिन खेप्न पर्ने हो कुनै निश्चिति छैन !

करिब ८-१० महिना पहिले शान्ती बगैचा सड्कमा ढलको पानी र जथाभावी फोहोर फालेको कारण वातावरण प्रदुषण बनाएको र बगैंचा छेत्रमा हिड्डुल गर्ने मानिसहरुलाई कठिनाइ भयेको कारण शन्धिखर्क नगरपालिका वार्ड न १ -सन्धिखर्क निवासी समाज सेवि युवा कृष्ण प्रसाद भुसालले आफ्नै लगानिमा पटक पटक सड्कमा बग्ने ढलको फोहोरको पानीकि ब्याव्स्था गर्दै आउनुभएको छ !

तर बिकास प्रेमी नेता कता छ्न नगरपालिका प्रमुख कहाँ हुनुहुन्छ नगर सुधार केन्द्र किन मौन अवस्थामा छ ?कति दिन येस्ता सार्वजनिक शौचालय र सडकहरुको सरसफाइ एक ब्याक्तिको एकल लगानिमा गर्न सकिन्छ र पटकपटक सरोकारवाला लाई येस बिषयमा जानकारी गराउदा पनि नगरपालिकाले कुनै चासो र कुनै ब्यावस्थित नगर्दा बजारवासी चिन्तित देखिन्छ्न !

२०७४ मंसिर ८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत