पत्रपत्रिकाबाट

महिला उम्मेदवारविरुद्ध कडा प्रतिस्पर्धी: १२ क्षेत्रमा यस्ता छन् प्रतिस्पर्धी

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने) निर्वाचनमा पार्टीबाट बल्लतल्ल टिकट प्राप्त गरेका महिलाको अधिकांश प्रतिस्पर्धा बलियो प्रतिस्पर्धीसित हुँदैछ । आजको गोरखापत्रमा सीता शर्माले लेख्नुभएको छ ।

-सुनसरी ३ मा वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फका उम्मेदवार भगवती चौधरी एक हुनुहुन्छ । चौधरीको फोरम लोकतान्त्रिकबाट काँग्रेसमा प्रवेश गर्नुभएका विजयकुमार गच्छदारसँग प्रतिस्पर्धा हुँदैछ ।

-उदयपुर १ मा एमालेकै तर्फबाट वाम गठबन्धनको उम्मेदवार मञ्जुकुमारी चौधरीले नेपाली काँंग्रेसका नेता डा. नारायण खड्कासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

-स्याङ्जा २ मा वामगठबन्धनको तर्फबाट एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले उपप्रधान तथा शिक्षा मन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

-माओवादी केन्द्रका प्रवक्ता रहनुभएकी पम्फा भुसालले ललितपुर ३ मा नेपाली काँग्रेसका मदनबहादुर अमात्यलाई टक्कर दिँदै हुनुहुन्छ ।

-बाग्लुङ १ बाट नेपाली काँग्रेसका उम्मेदवार चम्पादेवी खड्काले वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका सूर्यप्रसाद पाठकलाई टक्कर दिइरहनु भएको छ । 

-कैलाली ५ मा काँग्रेसबाट डा. आरजु राणाले वाम गठबन्धनका तर्फबाट (एमाले) का नारदमुनि रानासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

-कैलाली १ मा काँग्रेसकी ईश्वरी न्यौपाने र एमालेकै मदनकुमारी शाहबीच प्रतिस्पर्धा छ ।

-माओवादीका तर्फबाट वाम गठबन्धनको उम्मेदवार उर्मिला अर्यालले पर्सा ४ मा नेपाली काँग्रेसका नेता रमेश रिजाल र राष्ट्रिय जनता पार्टी (राजपा) का नेता लक्ष्मणलाल कर्णलाई टक्कर दिइरहनुभएको छ । 

-माओवादीबाट कञ्चनपुर १ मा उम्मेदवार बन्नुभएकी विना मगरकाँग्रेसका दिवानसिंह विष्टलाई टक्कर दिइरहनु भएको छ ।

-रुकुम (पूर्व)बाट उम्मेदवार कमला रोकाकाँग्रेसका शशीशङ्कर रोका मगरसँग प्रतिस्पर्धामा हुनुहुन्छ । 

-खोटाङबाट काँग्रेसका उम्मेदवार सरस्वती बजिमयवाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार विशाल भट्टराईसँग कडा प्रतिस्पर्धामा हुनुहुन्छ ।

-तेह्रथुममा काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी केन्द्रीय सदस्य सीता गुरुङले संविधान सभामा निर्वाचित एमालेका भवानी खापुङलाई टक्कर दिइरहनु भएको छ । 

२०७४ मंसिर ६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत