समाचार

प्रचण्ड,आँखाकै अगाडि गुमाए दुई सन्तान

काठमाडौं,मंसिर ३ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दोस्रो पटक पारिवारिक शोकमा परेका छन् । प्रचण्डले ४ वर्षको अन्तरमा नै दुई सन्तान गुमाउनु परेको छ ।

आफ्नो पहिलो सन्तानको रुपमा रहेकी जेठी छोरीलाई ४० वर्षको अल्पायुमा नै गुमाउनु परेको चोटमा मलम पट्टी लगाउन नपाउँदै आइतबार पुत्र प्रकाश निधनमा शोक मनाउनु पर्‍यो। चुनावी यात्राको क्रममा बाबुको सहायक बनेका दाहालको आइतबार राजधानीको नर्भिक अस्पतालमा हृदय घातका कारण मृत्यु भयो ।

२०७० साल चैत्र १३ गते श्वासप्रश्वासमा समस्या देखिए पछि राजधानीकै ओम अस्पतालमा भर्ना गराएकी जेठी पुत्री ज्ञानुलाई गुमाएका थिए । क्यान्सरबाट पीडित भएकी छोरीको उपचारका लागि अमेरिका र भारतका विभिन्न अस्पतालमा उपचार गराएका थिए । । त्यो पीडा भुल्दै गएका प्रचण्डले फेरि मंसिर ३ गते फेरि अर्को बज्रपात सहनु पर्‍यो । एकमात्र पुत्र प्रकाशको असामयिक निधन प्रचण्डको लागि जीवनभर मंसिर ३ दुखदायी पीडाको रुपमा रहने भएको छ ।

२०७४ मंसिर ३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत

सम्बन्धित शीर्षकहरु