देश

प्रचण्डपुत्र प्रकाश दाहालको निधन, नर्भिक अस्पतालमा अाफन्तकाे रूवाबासी

काठमाडौं,मंसिर ३ – पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको मृत्यु भएको छ । दाहालको आज बिहान असामयिक मृत्यु भएको छ ।

नर्भिक अस्पताल स्रोतले जनाए अनुसार बिहान साढे ५ बजे प्रकाशलाई नर्भिक अस्पताल पुर्याइएपनि डाक्टरहरुले तत्काल मृत घोषणा गरेका थिए ।

उनको हृदयघातका कारण मृत्यु भएको भनिएको छ । यसैबीच केहि समयमा डाक्टरहरुले पत्रकार सम्मेलन गर्दै छन् ।

माओवादी अध्यक्ष प्रचण्ड भने झापामा छन् , उनी आजै हेलिकप्टरबाट काठमाडौं फर्किँदैछन् । दहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आँउदै छन् ।

अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।

२०७४ मंसिर २ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत