कला

रहेनन् नेपालकै होचा कलाकार दिपेन शाह

काठमाडौं,कार्तिक ३० – नेपालकै होचा कलाकार दिपेन शाहको निधन भएको छ । केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रम बिहिबार बिहान ७ बजे १९ वर्षको उमेरमा निधन भएको हो । स्रोतका अनुसार उनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको जनाईएको छ ।

हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चामा आएका थिए । उनी केही वर्षयता परिवारसहित काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका थिए । ३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए ।

२०७४ कार्तिक ३० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत

सम्बन्धित शीर्षकहरु