समाचार

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु १३ जना घाईते

काठमाडौं, कार्तिक ३०-गुल्मीको अर्खर्लेमा मलामी गएर फर्किर्दै गरेको जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने १३ जना  घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा कपिलवस्तु जिल्ला वाडगंङ्गा ८ निवासी ५५ वर्षिय रुद्रबहादुर ढेंगा मगर रहेका छन् ।

बुधबार राती करिव साढे दश बजेको समयमा छल्दी पनाह घाटमा एक जना स्थानीयको अन्त्यष्टि गरेर फर्किदै गरेको लु १ ज १५२१ नम्वरको जिप अर्खलेकै चौडिला भन्ने स्थानमा दुर्घटना भएको हो ।

अघिल्लो दिन अर्खले मै भाडगाउँमा सडकमा चलेको डोजरले पल्टाएको ढुङ्गाले किचेर मृत्यु भएका रामबहादुर दर्लामीको शव अन्त्यष्टि गरेर फर्किर्दै गर्दा उक्त स्थानको सडकबाट करिव ५० मिटर तल जिप खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

जिपमा १५ जना सवार थिए ।  घाईतेको जिल्ला अस्पताल तम्घासमा उपचार भई रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

२०७४ कार्तिक ३० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत

सम्बन्धित शीर्षकहरु