संगीत

अर्घाखाँची धरमपानीका सन्तोष शर्मा म्युजिक भिडियोको अभिनय देखि छायांकनमा व्यस्त

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न १०-डल्ले बाटामा जन्मिएका शन्तोष शर्मा गित संगीतको पछिल्लो समयमा निकै नै चर्चामा आएका छ्न। 
 
 
उनले आफ्नो गित संगीतको पहिलो  शुरुवातको संघर्ष तिज गितको अभिनय  सङ्गै पाल्पा बाट शुरु गरेका थिए उनी मोडल मात्र भै म्युजिक भिडियो छायांकन गर्ने र निर्देशन समेत गर्ने गरेका छ्न ।  हाल सम्म आइपुग्दा उनले २ दर्जन भन्दा बढी म्युजिक भिडियो र केही टेलिफिलिममा समेत अभिनय गरेका शर्माको आफ्नै दुख कथा छ । 
 
भिडियो छायांकन क्रममा गर्ने केयौ पटक भोकभोकै काम गरेको उनी बताउछन ।  संतोषलाई अहिले जिल्लामा हुने जुनसुकै कार्यक्रममा पनि उनको माग अनुसार उपस्थिति भयेको पाइन्छ ।  रास्ट्रीय स्थरका लोक गायक मोहित मुनाल , बिन्तीराज पुन्ठुकी ,तेजेन्द्र ,दर्पर्ण ,राजन बिक ,बिष्णु बराल लगाएतका लोकसङित श्रस्टाहरु सङ्ग सफल सहकार्य गरि सकेका शर्माले बिगत एक बर्ष येता आफ्नै शौगात फिल्मस प्रा.लि  नामक कम्पनी खोली जिल्लाकै उत्कृष्ट भिडियो छायांकन गर्न सकिने क्यामा खरिद गरि छायांकनको काम समेत गर्दै आएका छ्न । 
 
 
मोडल तथा निर्देशकको रुपमा काम गरि सकेका सन्तोष सङ्ग गित संगीत  र उहाको पेशाको बारेमा अरु मोडल र निर्देशक, छायांकन गर्दा अरु भन्दा किन सस्तोमा काम गर्नु हुन्छ भनेर सोधपुछ गर्दा उहाको भनाइ येस्तो छ । 
 
गित संगीतमा म पैसा कमाउन भन्दा साङ्गितिक छेत्रमा केही योगदान पुराउन आएको हु तेसैले आर्थिक स्थिति कम्जोर भयेका लोक  संगीतका पारखि श्रस्टाहरुलाइ पनि महिले गर्दा केही सहयोग मिल्नुको साथ साथै समग्रमा नेपाली गित सङ्गितको उत्थान हुने हुदा मैले अनावश्यक पैसा अशुल्ने गरेको छैन ,यो मेरो एउटा नेपाली गित संगीत प्रतिको कर्तव्य पनि हो भनेर उहाँ भन्नुहुन्छ । 
 
 
शर्माले अर्घाखाँची जिल्लाको सन्धिखर्क बजारमा म्युजिक भिडियो निर्माणका लागि आफ्नै सौगात फिल्मस प्रा .लि पनि संचालन गरे देखि सोही कम्पनीबाट समेत गित बजारमा आउने गरेका छ्न । 
 
उनले आफ्नो खुबिले भ्याए सम्म म्युजिक भिडियो छायांकन गर्दा उत्कृष्ट भिडियो बनाइदिने र  श्रस्टाहरुलाइ कमि लगानीमा छायांकन गरिदिने उनको भनाइ छ ,उनको भनाइ अनुसार उनी आफ्नो  सौगात फिल्मस संचालन् भए पछि लोक गित पुजा पाठ ,मन्दिरका डकुमेन्ट्री भिडियोहरु छायांकन गर्न ब्यस्त देखिन्छ्न । 

२०७४ कार्तिक २६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत