सूचना प्रबिधि

वैज्ञानिकहरुले भने- मानिसको जिन्दगी र मृत्युमाथिको अधिकार मेसिनलाई दिइनुहुन्न

अष्ट्रेलिया र क्यानडाका सयौँ आर्टिफिसियल इन्टेलिजेन्स विशेषज्ञहरुले ज्यानमारा रोबोटमाथि प्रतिबन्ध लगाउन माग राख्दै सरकारलाई खुला पत्र लेखेका छन्।

 

अष्ट्रेलिया र क्यानडाका एआइ कम्युनिटीका सदस्यहरुले यससम्बन्धमा तत्काल कदम चाल्न सरकारसमक्ष आग्रह गरेका छन्।

अर्को महिना हुने संयुक्त राष्ट्रसंघको हतियारसम्बन्धी बैठकअघि यस्तो माग अघि सारिएको हो।

अष्ट्रेलियाली प्रधानमन्त्री माल्कोम टर्नबुललाई लेखिएको पत्रमा १२२ जना र क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोलाई लेखिएको पत्रमा २१६ जनाले हस्ताक्षर गरेका छन्।

उनीहरुले आआफ्नो सरकारलाई राष्ट्रसंघको आगामी ‘कन्भेन्सन अन सर्टेन कन्भेन्सनल विपन्स’ (सिसिडब्लु) मा घातक ज्यानमारा रोबोटलाई रोक्ने पहल गर्न आग्रह गरेका छन्।

‘निशाना तय गर्न मानिसको नियन्त्रण नचाहिने घातक स्वचालित हतियार प्रणाली स्पष्ट रुपमा नैतिकताको विरोधमा हुन्छ,’ पत्रमा भनिएको छ, ‘नैतिकता र मृत्यु नभएका मेसिनलाई मानिसको जीवन र मृत्युमाथिको अधिकार दिइनुहुन्न।’

यसअघि पनि एआइसँग सम्बन्धित मानिसहरुले यसको घातकताबारे विभिन्न चेतावनी दिँदै आएका छन्।

२०७४ कार्तिक २२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत