ग्लोबल

हतियार बेच्ने मिशनमा ट्रम्प, भन्छन्–दक्षिण कोरियाले अर्बौँको अमेरिकी हतियार किन्छ

उत्तर कोरियाली आणविक हतियारको चुनौतिबाट सुरक्षाका लागि दक्षिण कोरियाले अमेरिकासँग अर्बौं अमेरिकी डलर बराबरको हतियार खरिद गर्ने भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

 

मंगलबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको भेटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले सोलको व्यालिस्टिक मिसाइलमा रहेको अघिललो भागको वजनलाई घटाउने सहमति पनि भएको बताए।

झण्डै दुई साता लामो एशियाली मुलुकको भ्रमणमा निस्केका ट्रम्पले भने,‘कोरियामा २८ हजार ५०० अमेरिकी सेना रहेको र युद्धक विमान, क्षेप्यास्त्र वा अन्य हतियार जे भएपनि ठूलो संख्यामा अमेरिकी हतियार किन्ने सहमति रहेको छ।’

उनले दक्षिण कोरियाले अर्बौं डलर बराबरको हतियार तथा अन्य सामग्रीको माग गर्ने र यसले अमेरिकाको दक्षिण कोरियासँगको व्यापार घाटापनि घट्ने बताए।

दक्षिण कोरियाली राष्ट्रपति मुनले अमेरिकी राष्ट्रपतिले भनेको हतियार सम्झौताबारे पुष्टि गरे। उनले भने, ‘सोल आफ्नो प्रतिरक्षा क्षमतालाई सवल पार्न अमेरिकी रणनीतिक सामग्री किन्ने सम्झौता गर्न छलफललाई अघि बढाएको छ।’

दक्षिण कोरिया र अमेरिकाबीच यस पहिले रहेको सम्झौतामा दक्षिण कोरियाले क्षेप्यास्त्रमा ५०० किलोग्रामको विष्पोटक सामग्री राख्न पाउने रहेकोमा अब हुने क्षेप्यास्त्र सम्झौतामा यसलाई हटाई यसको बदलामा आणविक छाता (न्युक्लियर अम्ब्रेला) राख्ने सहमति हुनेछ। यसले सम्भावित आक्रमणलाई जोगाउनसमेत मद्दत गर्नेछ।

उत्तर कोरियाद्वारा सिर्जना भएको आणविक खतरालाई मध्यनजर गर्दै क्षेप्यास्त्रको अघिल्लो भागमा रहने ‘वारहेड’ लाई सीमित गर्न चाहिरहेको थियो। यसमा दुबै मुलुकका अधिकारीले सेप्टेम्बरमा नै सैद्धान्तिक सहमति जनाएका थिए।

२०७४ कार्तिक २२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत