देश

आउँदो शनिबार नारायणगढ-मुग्लिन सडक ७ घण्टा बन्द हुने

चितवन,कार्तिक २२ – नारायणगढ- मुग्लिन सडक आगामी कात्तिक २५ गते शनिबार दिउँसो ७ घण्टा बन्द हुने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बसेको बैठकले कात्तिक २५ गते विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द गर्ने निर्णय गरेको हो ।

नारायणगढ-मुग्लिन सडकखण्ड को सेतीदोभान (२० प्लस ४००) मा ठूलो ढुंगा सडकमा र्झन सक्ने देखिएकोले त्यसलाई व्यवस्थापन गर्न भन्दै सो दिन दिउँसोको समयमा सवारी साधन आवगमन बन्द गर्न लागिएको जनाईएको छ । सेती दोभान क्षेत्रमा रहेको ठूलो ढुंगा झर्दा मानवीय तथा भौतिक क्षति हुन सक्ने भएकाले दुवै तर्फ सवारी रोकी ढुंगा झारेर सुरक्षित व्यवस्थापन गर्न लागिएको छ ।

२०७४ कार्तिक २२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत