खेलकुद

घरेलु मैदानमा बार्सिलोनाको जित

एजेन्सी, कार्तिक १९-स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २(१ ले पराजित गर्यो  ।
लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा सेभियालाई २ – १ ले पराजित गर्दै बार्सिलोनाले आफ्नो उपाधि यात्रा कायम राखेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको लागि फ्रान्सिस्को अल्केसर चम्किए । बार्सिलोनाको जितमा दुवै गोल फ्रान्सिस्कोले गरेका थिए । खेलको २३ औं मिनेटमा फ्रान्सिस्को गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो ।

पहिलो हाफमा १ – ० ले पछि परेको सेभियाले दोस्रो हाफमा बराबरी गोल फर्कायो । खेलको ५९ औं मिनेटमा सेभियाका गुइडो पिज्जारोले गोल गर्दै खेल १ – ० को बराबरीमा ल्याए । तर, खेलको ६५ औं मिनेटमा फ्रान्सिस्कोले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २ – १ को जित दिलाए ।

यो जितसँगै लिग लिडर बार्सिलोनाले ११ खेलबाट ३१ अंक जोडेको छ । बार्सिलोनाले साबिकको बिजेता रियल मड्रिडमाथि ११ अंकको अग्रता समेत लिएको छ । चौथो स्थानमा रहेको रियल मड्रिडको २० अंक छ । लिगमा रियलले एक खेल कम खेलेको छ ।

शनिबार राति भएको अर्का खेलमा लेगनसले भ्यालेन्सियालाई ३)० ले पराजित गरेको छ । लेगनससँग पराजित भ्यालेन्सिया लिगको दोस्रो स्थानमा यथावत छ । भ्यालेसियाले २७ अंक जोडेको छ । लिगमा एथ्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति डिपोर्टिभो ला करुनालाई १ – ० ले पराजित गरेको एथ्लेटिको २३ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको हो ।

२०७४ कार्तिक १९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत