बैँक / वित्त

एनआईसी एशिया बैंकको थप तीन नयाँ शाखा सञ्चालनमा

काठमाडौं,कार्तिक १९ – एनआईसी एशिया बैंकले आफ्नो तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएकाे छ । बैंकले हालै बाँकेको खजुरा, बारबर्दियाको मगरागडी र त्यसैगरी मोरङको रमाइलो चौकमा थप तीन शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त खजुरा र मगरागडी शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पाडैलले र रमाईलो शाखाको उद्घाटन कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले गरेका हुन् । यस ३ शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकहरुमा सेवा प्रदान गर्दै आईरहेको बताएको छ ।

साथै, बैंकले आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना बनाएको छ । बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्नाग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालनगर्ने योजना अगाडि सारेको छ ।

२०७४ कार्तिक १९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत